OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीआश्विन २२, २०७७ सुर्खेत 
३११ पटक

२२ असोज २०७७ बिहीबार

अहिले मुलुकभरि नै कोरोना भाइरसबाट संक्रमति हुने दर बढिरहेको छ । कर्णालीमा पनि संक्रमण बढ्नै दर उच्च नै छ । दैनिक रुपमा संक्रमित बढ्ने र निको भएर घर फर्कने क्रम निरन्तर चलिरहेको छ ।

सिंगो देशमा कोरोनाबाट संक्रमणमुक्त हुने व्यक्ति ७२ प्रतिशत पुग्दा कर्णाली आठ प्रतिशतले अगाडि छ । कर्णालीमा आजसम्म आइपुग्दा कोरोना भाइरस रोग लागेका ८० प्रतिशत व्यक्तिहरु निको भएर घर फर्किसकेका छन् । प्रदेशका विभिन्न आइसोलेशनबाट आज मात्रै ५१ संक्रमित निको भएर घर फर्केको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

“आज ५१ व्यक्ति घर फिर्ता भएसँगै कर्णालीमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या तीन हजार २८० पुगेको छ,” शिक्षा अधिकृत कँडेलले भन्नुभयो, “यो कुल कोरोना संक्रमितहरुमा ७२ प्रतिशत हो । आज ६७ मा कोरोना संक्रमण पुष्टि भएसँगै यो प्रदेशमा संक्रमित हुनेको संख्या चार हजार १०४ पुगेको छ ।”

त्यस्तै, यस प्रदेशका विभिन्न आइसोलेशनमा ७१८ संक्रमित रहेको उहाँले बताउनुभयो । आजसम्म देशभरि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुग्दा कर्णालीमा १० जना (१.६९ प्रतिशत) व्यक्तिको मृत्यु भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्