OnlinePana

आज : २०८२ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन २१, २०७७
५०९ पटक

२१ असोज २०७७, बुधबार

पछिल्लो समयमा कोरोना भाइरसबाट संक्रमित हुने क्रम बढ्दै गएपछि कर्णालीमा संक्रमति हुनेको संख्या चार हजार नाघेको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार संक्रमितहरुको संख्या आज ६९ थपिएका छन् । आज ६९ व्यक्तिमा संक्रमण पुष्टि भएसँगै संक्रमित हुनेको संख्या चार हजार ३७ पुगेको स्वास्थ्य सेवा महाशाखाका बरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र चौजहारी पीसीआर प्रयोगशालामा गरिएको आरटी पीसीआर परीक्षणमा सुर्खेतका ५४, दैलेखका पाँच, डोल्पाका दुई, रुकुमपश्चिम र जुम्लाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको महाशाखाका बरिष्ठ जनस्वास्थ्य प्रशासक शाहीले बताउनुभयो ।

“आज ४४ व्यक्ति कोरोना निको भएर घर फिर्ता भएका छन्,” उहाँले भन्नुभयो, “ ४४ व्यक्ति फिर्ता भएसँगै तीन हजार २२९ व्यक्ति भने संक्रमणमुक्त भएका छन् ।” संक्रमितहरुमा कन्ट्याक्ट टे«सिङ परेका २८, विद्यार्थी नौ, आर्मी सात, कर्मचारी, सुनचाँदी पसले, बिरामी दुईदुई, वैदेशिक रोजगार, व्यापारी, स्वास्थ्यकर्मी, पत्रकार, एनजिओकर्मी, निर्माण व्यवसायी, सहकारी र प्राध्यापक एकएक जना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, प्रदेशका विभिन्न आइसोलेशनमा ७८२ जना संक्रमित रहेको उहाँले जनाउनुभयो । हालसम्म कर्णालीमा कोरोना संक्रमणबाट १० जना व्यक्तिको मृत्यु भएको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ ।

प्रतिकृया दिनुहोस्