OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही आश्विन २१, २०७७सुर्खेत
६९३ पटक

 

२१ असोज २०७७, बुधबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जाजरकोट जीप दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति शोक व्यक्त गर्नुभएको छ ।

जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका औंलखोलामा आज भएको जीप दुर्घटनामा परि वडा नं. ११ का वडाअध्यक्ष अमरबहादुर शाहीसहित ५ जनाको दुखद निधन भएको घटनाप्रति मुख्यमन्त्री शाहीले शोक व्यक्त गर्नुभएको हो । उक्त जीप दुर्घटनाका कारण जनप्रतिनिधिसहित ठूलो मानवीय क्षति भएको घटनाले प्रदेश सरकारलाई स्तबध तुल्याएको जनाउँदै उहाँले उक्त दुर्घटनामा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

जुनीचाँदे जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप उक्त गाउँपालिका १ औलखोलामा दुर्घटनामा परी जुनीचाँदे गाउँपालिका ११ का अध्यक्ष अमरबहादुर शाही, सोही वडाका कृतिबहादुर शाही, खेमबहादुर शाही, वडा नम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाहीको मृत्युभएको थियो ।

दुर्घटनामा परि र्घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँले उपचारमा कुनै कमी आउन नदिन र बेपत्ताको खोजीमा तीव्रता दिन सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ । दुर्घटनाको खबर पाउने बित्तिकै उद्धार, उपचार एवं सुचना सम्प्रेपणमा खट्ने सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि, जनसमुदाय संचारकर्मीहरुलाई मुख्यमन्त्री शाहीले धन्यवाद व्यक्त गर्नुभएको छ ।

सडक दुर्घटनाका कारण वर्षेनी ठूलो संख्यामा नागरिकको ज्यान गईरहेको प्रति चिन्ता व्यक्त गर्नुभएका उहाँले सडक दुर्घटना रोकथाम र न्युनीकरणका लागि प्रभावकारी कदम चाल्न सम्बद्ध सबै निकायलाई आग्रहसमेत गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्