OnlinePana

आज : २०७९ चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीआश्विन २०, २०७७ सुर्खेत
६६३ पटक

२० असोज २०७७, मंगलबार

कर्णाली प्रदेशमा तीन दिनमा १२ फरार प्रतिवादीहरु पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र यस प्रदेशका १० जिल्ला प्रहरी कार्यालयहरुको संयुक्त पहलमा अदालतको फैसला कार्यान्वयन अभियान अन्तरगत उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले अदालतको फैसला कार्यान्वयनका क्रममा १६, १८ र १९ गते गरी १२ जना फरार प्रतिवादी पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट लागु औषध र वन मुद्दाका दुई÷दुई, नागरिकता किर्ते मुद्दाका एक जना गरी पाँच फरार प्रतिवादीलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

त्यसैगरी, जिप्रका जुम्लाबाट लागु औषधको एक र डोल्पाबाट केही सार्वजनिक अपराधको एक जना पक्राउ परेको प्रवक्ता वास्तोलाले बताउनुभयो । त्यस्तै, यही असोज १६ गते जिप्रका सुर्खेतबाट कर्तव्य ज्यान, लागू औषध र चोरीका एक÷एक र जिप्रका जुम्लाबाट लुटपाट र चौपाय चोरीका एक÷एक पाँच फरार प्रतिवादीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

पक्राउ परेका सबै प्रतिवादीहरुलाई सम्बन्धित जिल्ला अदालत समक्ष पेश गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्