OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
राससमंसिर २०, २०७५काठमाडौं
४७२ पटक

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकाका ९ वटै वडामा हेलिप्याड निर्माण गरिएको छ । प्राकृतिक प्रकोप तथा अन्य जोखिमको समयमा सहज रुपले सेवाप्रवाह गर्नका लागि गाउँपालिकाले रु १८ लाख खर्च गरेर हेलिप्याड निर्माण गरेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए ।

जुम्लाको सिमानासँग जोडिएको बारेकोट गाउँपालिका जिल्लाको सबैभन्दा दुर्गम क्षेत्र मानिन्छ । अत्यन्तै चिसो र पाटन क्षेत्रबाट नजिक रहेको यो गाउँपालिकामा औषधि, खाद्यान्न अन्य दैनिक उपभोग्य सामग्री पठाउन खच्चड र घोडाको प्रयोग गरिंदै आएको छ ।

सडक सञ्जालसँग नजोडिएको यो गाउँपालिकाबाट सदुरमुकाम जान मात्रै दुई दिन लाग्छ । वर्षेनी खाद्यान्न अभाव हुने यो क्षेत्रमा खाद्यान्न आपूर्तिका लागि पनि हवाई मार्गबाट सहज हुने गाउँपालिकाले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस्