OnlinePana

आज : २०८१ मंसिर २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १५, २०७७सुर्खेत
४७६ पटक

 १५ असोज २०७७, बिहीबार

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिको काम अघि बढाउन कर्णाली प्रदेश र नेपाल सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र पर्यटन सचिव केदार अधिकारीको रोहवरमा कर्णाली प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्याय र संघीय सरकारका तर्फबाट प्राधिकरणका महानिर्देशक राजन पोखरेलबीच ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
स्तरोन्नतिको काम संघ र प्रदेश सरकारको लागत साझेदारीमा हुने भएको छ । साझेदारी अनुसार विमानस्थल निर्माणका लागि जग्गा अधिकरण, टर्मिनल भवन निर्माण, रनवे विस्तार र अन्य विकासका काम गरिने छन् ।

समझदारी पत्र अनुसार विमानस्थलको धावनमार्गको लम्बाई एक हजार ५०० मिटरम विस्तार गरिने छ । उक्त विमानस्थल निर्माणका लागि कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि रु.५० करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेशको राजधानीमा रहेको विमानस्थलबाट यहाँका १० वटै जिल्लामा जोडिन नसकेको हवाई सञ्जाल अब भने जोडिने आशा गरिएको छ ।

प्रतिकृया दिनुहोस्