OnlinePana

आज : २०८० आश्विन ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही आश्विन १५, २०७७सुर्खेत
३०६ पटक

१५ असोज २०७७, बिहीबार

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत अर्थोपेडिक सर्जन डा.हरि सापकोटाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

५८ वर्षीय डा.सापकोटको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा आज ३ः०० बजे मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा.रविन खड्काले जानकारी दिनुभयो । दुई साताअघि कोरोना संक्रमण पुष्टि भएका उहाँलाई प्रदेश अस्पतालमा सास फेर्न गाह्रो भएपछि थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा पुर्याइएको थियो ।
आज एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा दिउँसो ३ः०० बजेतिर मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य

निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिए । डा.सापकोटा प्रदेश अस्पतालमा लामो समयदेखि कन्सल्ट्यान्ट प्रमुखका काम गर्दै आउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्