OnlinePana

आज : २०८२ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन १५, २०७७
५४३ पटक

 १५ असोज २०७७, बिहीबार

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना पोजेटिभ देखिएको छ ।
कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बिहीबार प्रदेश प्रमुख कलौनीलाइ कोरोना भाइरस संक्रमण देखिएको हो । नेपाल सरकार प्रदेश प्रमुखको कार्यालय अन्तरगत नीजि सचिवालयले आज प्रेस विज्ञप्तिमार्फत प्रदेश प्रमुख कलौनीलाई कोभिड–१९ को संक्रमण देखिएको बताएको छ ।
प्रदेश प्रमुखका स्वकीय सचिव चुडामणि कलौनीले प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीहरूमा कोभिड–१९ को लक्षण देखिएर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ अनुरुप प्रदेश प्रमुख कलौनीको आरटी पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको बताउनुभयो ।
“उहाँको अहिले स्वास्थ्य अवस्था सामान्य छ,” प्रमुख स्वकीय सचिव कलौनीले भन्नुभयो, “उहाँ चिकित्सकको प्रत्यक्ष निगरानीमा होम आइसोलेशनमा बस्नुभएको छ ।” उहाँका अनुसार एक साता पहिले कार्यालयका एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती कर्मचारीको सम्पर्कमा आएका पाँचजना कर्मचारीको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा थप तीनजनामा कोरोना संक्रमण देखिएको उहाँले जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्