OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आश्विन १५, २०७७जुम्ला,
७५८ पटक

असोज १५ गते । जुम्लामा वेवारिसे भेपटिएका ४ वालवालिकाहरु पुनस्र्थापनाका लागि व्यवस्थापन गरिएको छ । स्थानीय प्रशासन, प्रहरी, चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समिति सरोकारवालाहरुको सहयोगमा उनिहरुलाई सुर्खेत पठाईएको हो ।

महिलाहरुका लागि अल्पकालिन आश्रयका लागि सेवा केन्द्र जुम्लामा तत्कालका लागि बसेका उनिहरुको पहिचान खुलेपछि उनिहरुलाई बास र अध्ययनका लागि समन्वय भएपछि प्रहरीको साथमा पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।

आश्रय केन्द्रका अध्यक्ष भगवति श्रेष्ठका अनुसार उनिहरुले शुरुमा नाम पनि फरक दिएका थिए । अहिले बास्तविक ठेगाना पहिचान भएको छ । मधु भनिएकी सुनिता परियार र उनका बाबुको नाम अमर परियार खुलेको छ । ३ बर्षको बच्चा सुनिता परियारको भएको छोरा खुलेको छ । अर्का गित भन्ने कबिता परियार रहेको खुलेको छ । कविताको आमाको निधन भईसकेपछि कान्छी श्रीमति ल्याएका र शारिरिक तथा मानसिक हिंसामा परि कामको खोजीमा जुम्ला आएका थिए ।

उनिहरुलाई बेबारिसे अवस्थामा भेटिएपछि स्थानीय प्रशासन र प्रहरी, सेवा केन्द्रको सहयोगमा अल्पकालिन आश्रयका लागि सेवा केन्द्रमा राखिएको थियो । उनिहरुलाई जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा, जिल्ला प्रहरी कार्यालय प्रमुख माधव काफ्ल,ेचन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाई, आश्रय केन्द्रका अध्यक्ष श्रेष्ठ सहितको टोलीले प्रहरीको साथमा सुर्खेत पठाएको हो । सुर्खेतमा कोपिला भ्याली र मानवसेवा आश्रममा तत्कालिन पुनस्थापनाका लागि कुरा भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी चन्दननाथ नगरपालिकाको आर्थिक सहयोगमा उनिहरुलाई जुम्लाबाट सुर्खेत पठाईएको निमित्त प्रशासकीय अधिकृत चौलागाईले जानकारी दिनुभयो । यस अघि उपप्रमुख अप्सरा महत न्यौपाने सेवा केन्द्रमा गई सुरक्षा सामाग्रीह्रु समेत बितरण गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्