OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १३, २०७७ सुर्खेत
४०६ पटक

१३ असोज २०७७, मंगलबार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा.नारायणप्रसाद पौडेल नियुक्त हुनुभएको छ ।

मप विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो । जसमा १९ जनाको आवेदन परेको थियो । काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा.सुरेशराज शर्मा नेतृत्वको तीन सदस्यीय छनोट समितिले आवेदकहरुको आवश्यकका मापदण्डका आधारमा डा.पौडेललाई छनोट गरेको थियो ।

१९ जनाबीचको प्रतिस्पर्धामा समितिले छनोट गरेका स.प्राडा.पौडेललाई रजिष्ट्रार नियुक्तिको लागि मप विश्वविद्यालयका कूलपति तथा प्रधानमन्त्रीसमक्ष सिफारिस गरिएको र प्रधानमन्त्रीले नियुक्ति स्वीकृत गर्नुभएको उपकुलपति प्राडा.नन्दबहादुर सिंहले जानकारी दिनुभयो । “यसरी खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार नियुक्ति गर्ने काम नेपालका विश्वविद्यालयहरुको इतिहासमा पहिलो घटना हो,” उहाँले भन्नुभयो, “जुन काम यतिबेला मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सम्पन्न गरेको छ ।”

उपकुलपति प्राडा.सिंहले यस अघि राजनीतिक शक्तिका आधारमा विश्वविद्यालयमा रजिष्ट्रार नियुक्ति गरिने प्रणाली पूर्णरुपले तोडिएको दाबी गर्नुभयो । यसमा उहाँले कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दुवैलाई विश्वस्त दिलाउँदा योग्य र क्षमतावान् रजिष्ट्रार ल्याउने सवावलमा ऐतिहासिक सफलता हाँसिल गर्नुभएको छ । यसैगरी, मानविकी तथा समाजशास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, विज्ञान तथा प्रविधि सङ्काय र शिक्षाशास्त्र सङ्काय गरी रिक्त चारवटा डीन पदको खुला प्रतिस्पर्धामा भाग लिन दरखास्त आह्वान गरेको छ । आवश्यक मापदण्ड पुरा गरी खुला प्रतिस्पर्धाबाट सफल हुने उम्मेदवारलाई डीनमा नियुक्त गरिने विश्वविद्यालयले जनाएको छ ।

नवनियुक्त रजिष्ट्रार स.प्रा.डा पौडेलले विश्वविद्यालयको सबैभन्दा सफल मानिएको स्कुल अफ म्यानेजमेन्ट ९मुसोम०को निर्देशक भएर आफ्नो अब्बल कार्यकुशलता देखाइसक्नुभएको छ । उहाँको ईच्छाशक्ति, विश्वास र प्रभावकारी कार्यसम्पादनले विश्वविद्यालयको उन्नयनमा सहयोग पुग्ने अपेक्षासमेत लिईएको छ ।

प्रतिकृया दिनुहोस्