OnlinePana

आज : २०८० जेठ १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही आश्विन १३, २०७७सुर्खेत
३६५ पटक

१३ असोज २०७७, मंगलबार

कर्णालीमा आज कोरोना भाइरसका नयाँ संक्रमित ५२ जना थपिएका छन् । अब कर्णालीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन हजार ५०० नजिक पुगेको छ ।

कर्णाली प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पीसीआर परीक्षणमा आज ५२ जना नयाँ थपिएसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या तीन हजार ४९४ पुगेको छ । संक्रमितहरुमा सुर्खेतका ३४, कालीकोट चार, दैलेख र हुम्लाका तीन÷तीन, जुम्लाका दुई, जाजरकोट र डोल्पाका एक÷एक र अन्य प्रदेशका चार जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका बरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिनुभयो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६३ जना संक्रमितहरु कोरोना जितेर डिस्चार्ज भएको बरिष्ठ जनस्वास्थ्य प्रशासक शाहीले बताउनुभयो । आज ६३ जना डिस्चार्ज भएपछि अब कर्णालीमा कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या दुई हजार ९०५ पुगेको स्वास्थ्य सेवा महाशाखाले बताएको छ ।

सामाजिक विकास मन्त्रालयले आज सार्वजनिक गरेको प्रस विज्ञप्ति अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा कन्ट्याक्ट ट्रेर्सिङमा परेका १५ जना, सुरक्षाकर्मी छ, कर्मचारी चार, स्वास्थ्यकर्मी, पत्रकार, बिरामी, विद्यार्थी, सुनचाँदी व्यवसायी, कर्णाली प्रदेश अस्पतालका आगन्तुक दुई÷दुई जना र बैंकर, व्यवसायी, कन्सल्टटेन्ट, सवारी चालक, इन्जिनियर, फर्निचर व्यवसायी, गृहणी, एमविविएस अध्ययनरत विद्यार्थी, एनजिओकर्मी, उद्योगी, टेलर, शिक्षक र वल्र्डलिंकका कर्मचारी एक÷एक जना रहेका छन् ।

प्रतिकृया दिनुहोस्