OnlinePana

आज : २०८२ बैशाख १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन १२, २०७७
५१० पटक

 १२ असोज २०७७, सोमबार

कर्णाल प्रदेश प्रहरी कार्यालय सुर्खेतले यस प्रदेशमा रहेका विभि जिल्ला प्रहरी कार्यालयबाट २२ जना फरार अभियुक्तलाई फक्राउ गरेको छ ।

प्रहरीले सोमबार र आइतबार गरी २२ फरार अभियुक्तलाई पक्राउ गरेको हो । असोज ११ गते एकैदिन १६ फरार अभियुक्तहरुलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिनुभयो । हिजो आईतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले वन मुद्दाका दुई, जिप्रका दैलेखले गाली बेईज्जतीका आठ, मुगुले धनमाल मुद्दाका एक र जिल्ला प्रहरी कार्यालय कालीकोटले कर्तव्य ज्यानका तीन र जुवाको एक फरार अभियुक्तलाई पक्राउ गरेको प्रवक्ता वास्तोलाले जनाउनुभयो ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतअन्तरगत असोज १० गते भने प्रहरीले ६ जना फरार अभियुक्तलाई पक्राउ गरेको थियो । त्यसमा जिल्ला प्रहरीका कार्यालय कालीकोटबाट जबरजस्ती करणीका एक र गाली बेईज्जतीका दुई, जिप्रका जाजरकोटबाट हुलाक ऐन सम्बन्धी र जबरजस्ती करणी उद्योगअन्तरगत एक÷एक फरार अभियुक्त पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले बताएको छ । अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका सबै अभियुक्तलाई सम्बन्धित जिल्लाका अदालतसमक्ष पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्