OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,आश्विन ११, २०७७÷जुम्ला,
१५३२ पटक
  • खलङ्गा, असोज १२ गते । नेपाली सेनाले यहाँको बहिरा कक्षा सञ्चाालन कर्णाली माध्यामिक विद्यालयमा गुणस्तरीय भवन र बास्केट बल कोर्ट निर्माण गरेको छ ।

नेपाली सेनाको नागरिक सैनिक कार्यक्रम अन्तरगत कर्णाली माध्यामिक विद्यालयमा ४ कोठे दुईतले भवन र पक्कि बास्केटवल कोर्ट, सेप्टिक ट्याङ्की, शौचालय निर्माण भएको हो ।

आर्थिक बर्ष २०७६।०७७ को रु २५ लाख रकम लगानीमा निर्माण गरेको भवन र बास्केटवल कोर्ट नेपाली सेनाका उत्तर पश्चिम पृतनापति उपरथी विज्ञानदेव पाण्डेले उद्धाटन गरेर विद्यालयलाई हस्तान्तरण गरिएको छ । जुम्ला सदरमुकामा अवस्थित सो विद्यालयको उद्धाटन कार्यक्रममा बोल्दै उपरथी पाण्डेले नेपाली सेनाले विकास निर्माणका कार्यक्रमहरु गर्ने क्रममा यस भवन र भौतिक संरचनाले विद्यालयका वालवालिका तथा शिक्षकले लाभ लिने अपेक्षा गरेको बताउनुभयो । उहाँले सानो लगानीमा निर्माधिन सो संरचनाको निर्माणमा सघाउने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

पृतनापति उपरथी पाण्डेले नेपाली सेनाले देशको रक्षा सहित बिपत व्यवस्थापन सहितका विभिन्न काम गर्दै आईरहेको भन्दै छोटो समयमा नै स्थानीयलाई लाभ हुने प्रकारले सिमित स्रोत साधनले केही सामाजिक सेवाका काम गर्ने संरचनाहरु बनाउदै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख कार्मा बुढाले नेपाली सेनाले सानो लगानीमा गुणस्तरीय भौतिक संरचना निर्माण गरेकोमा धन्यवाद दिदै अझै ग्रामिण क्षेत्रमा यस्ता प्रकारका सामाजिक विकास गर्न अनुरोध गर्नुभयो । उहाँले यति राम्रो संरचना निर्माण भएपछि सानो लगानीको नमूना संरचना निर्माण भएको हेर्दा खुशी लागेको छ ।

नन्दाबक्स गण जुम्लाका गणपति दिवाकर रायमाझीले भवन र पक्कि बास्केटवल कोणको निर्माणको बारेमा बृस्तृत जानकारी दिनुभयो । उहाँले नन्दा बक्स गणकै जनशक्तिले रु २५ लाखको लागनीमा उक्त भवन र बास्केटबल कोर्ट निर्माण भएको जानकारी दिनुभयो । गणपति रायमाझीले नेपाली सेना उत्तर पश्चिम पृतना र २४ नम्बर बाहिनीको निर्देशनमा, अनुगमन, सुपरीवेक्षण पछि डिजाईन स्टमेट अनुसार काम भएको जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष कृष्ण बुढ्थापाले सेनाको यो कामले विद्यालयमा थप भौतिक संरचना जोडिएको भन्दै विद्यालय परिवार नेपालीसेना प्रति आभारी भएको बताउनुभयो । प्रधानाध्यापक मिनराज शर्माले नमूना भवन र बास्केटवलले विद्यालयको स्वरुप बदलिएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपाली सेनाले नागरिक सैनिक सहयोग कार्यक्रम अन्तरगत आगामी दिनमा पनि अन्य संरचनाहरु निर्माण गर्न सकिने बताएकोछ । कार्यक्रममा चन्दननाथ नगरपालिकाका कार्यवाहक नगरप्रमुख अप्सरादेवी न्यौपाने,प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा सहित सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्