OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आश्विन ९, २०७७जुम्ला,
८७६ पटक

खलङ्गा असोज ९ गते । चन्दननाथ नगररपालिकाले अपाङ्गतामैत्री निति तथा योजनामा जोड दिने भएको छ ।
सवैका लागि सहज पहँच हुने प्रकारका संरचनाहरु र व्यवहारहरु अवको आवश्यकता रहेको भन्दै सो संरचनाका लागि निति तथा योजनामा अव नगरपालिकाले जोड दिने चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपानेले जानकारी दिनु भयो ।

आत्म सम्मानका लागि सहकार्य ( क्याड) नेपालको आयेजना, एसएनभि नेपालको सहयोग सहयोग तथा चन्दननाथ नगरपालिकाको समन्वयमा नगरपालिकाको महिला विकास शाखा, न्यायसमिति, अपाङ्गता भएका व्यक्तिहरु र सरोकारवाला निकायहरुलाई अपाङ्गता समावेशी तालिममा सहभागी उपप्रमुख न्यौपानले समावेशी क्षेत्रमा काम गर्ने ईच्छा धेरै भएपनि प्रावधिक तथा सम्वन्धित क्षेत्रको जानकारी कम भएकाले सरोकारवालाहरु सँग सहकार्य गरेर अगाडि बढ्नमा जोड दिनुभयो ।

उहाँले चाडै पहुँचयूक्त भौतिक संरचना देखी वाताबरणका लागि नगरसभा र नगरकार्यपालिकामा प्रथामिकताका साथ कुरा उठाउने र नितिको कार्यान्वयनमा नल्याए सधै वहश र छलफलमा मात्र सिमित हुने बताउनुभयो ।

चन्दननाथ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष र नगरपालिका सामाजिक विभाग प्रमुख नन्दबहादुर बुढ्थापाले आगामी बर्षको निति तथा कार्यक्रममा नगरपालिकाका नयाँ बन्ने भौतिक संरचनाहरु अपाङ्गातामैत्री बनाउन आवश्यक रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी संरचनाहरु जिल्लाभरीकै अव अपांगतामैत्री बनाउन आवश्यक रहेको छ ।

कार्यक्रममा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुरिचन्द्र देवकोटाले बजार क्षेत्रमा बाटोघाटो र संरचनामा समेत थप सजिलो र पहुँच बनाउन आवश्यक रहेको जानकारी दिनुभयो । उहाँले उद्योगा बाणिज्य संघमा रु ८० लाखको लगानीमा नमूना शौचालय निर्माण भएको समेत जानकारी दिनुभयो ।

साझेदार निकाय आत्म सम्मानका लागि सहकार्य नेपालका कार्यकारी निर्देशक धनबहादुर गौतमले नागरिकले संविधानमा पाएको अधिकार सहज पहुँच देखी विभेद रहित समाजका लागि सरकारले बनाएका नितिहरु कार्यान्वयन गर्न सवैको सहकार्य आवश्यक भएको बताउनुभयो ।
खानेपानी तथा स्वच्छतामा कसरी पहुँच पुरयाउने र सो बिषयमा भौतिक पूर्वाधारहरु शौचालय, धारा सहित सार्वजनिक स्थानका संरचनाहरुमा फराकिलो मापदण्ड अनुसार निर्माण गर्नमा जोड दिनेमा स्थानीय सरकारले प्रथामिकता दिनुपर्ने अपाङ्गता भएका व्यक्ति यज्ञबहादुर बुढ्थापाले जानकारी दिनुभयो । उहाँले स्थानीय तहका संरचनाहरु नयाँ बन्दै गरेका र ति संरचनाहरु सवै पहुँचयुक्त बनाईनुपर्नेमा जोड दिनुभयो ।

 

सरकारले सरकारी संरचनाहरु सवै अपांगतामैत्री बनाईनुपर्ने आचाँर सहित २०६४ सालमा जारी गरेको छ । यसैगरी अपांगता अधिकार ऐन २०६४ र नियमावली २०७७ समेत पारित भएको छ । अपांगता समावेशीकरण तालिममा अपांगता भएका व्यक्तिहरुलाई वोलिने सभ्य शब्दावली, अपांगतामैत्री विकास, अपांगता अवलोकन, समावशेी संचार, समावेशी सुशासन, समावेशी भौतिक संरचना उत्पादन र पहुँयूक्त भौतिक संरचना योजना तर्जुमा लगाएतका शेशनमा छलफल तथा वहश भएको थियो ।

तालिमको सहजीकरण नगरपालिकाका लक्ष्मीचन्द्र न्यौपाने, क्याड नेपाल जिल्ला संयोजक धर्मराज शाही, एस एनभि नेपालका जिल्ला प्रतिनिधी शुभाषचन्द्र भारतीले सहजीकरण गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्