OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आश्विन ८, २०७७जुम्ला,
४७८ पटक

असोज ८ गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिहरुको नियमावली २०७७ को प्रभावकारी कार्यान्वयन हुने बताउनुभएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा संचालित भर्चुअल विधि मार्फतको बृहत छलफल कार्यक्रममा मन्त्री गुरुङले सरकारले अपाङ्गता अधिकार ऐनलाई आधार मानेर ल्याईएको नियमावली कार्यान्वयन पहिलो प्रथामिकता हुनु पर्ने बताउनु भएको हो ।

उहाँले नियमालीमा छुटेका कुराहरु आवश्यकता अनुसार संशोधन समेत हुने भन्दै कोभिडमा अपाङ्गता भएका व्यक्तिहरु कोही पनि भोकै नमर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले सरकारले निति तथा कार्यक्रममा समेत समावेशी क्षेत्र प्रथामिकतामा परेको बताउदै यस अभियानमा खटिने सरोकारवालाहरु र अपाङ्गता भएका व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अपांगता भएका व्यक्तिहरुका सवाल प्रति मन्त्रालय जानकार भईरहेको बताउनुभयो । यसैगरि अपांगता भएका व्यक्तिहरूले उठाईरहेकाे अावाज अतिअशक्त भएका व्यक्तिहरूकाे सामाजिक सुरक्षा भत्ता कटाैति नहुने मन्त्रि गुरूङले जानकारि  दिनुभयाे ।

अन्तरक्रिया महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव याम कुमारी खतिवडाले ठूलो संघर्ष र मिहिनेतका कारण नियमावली आउनु प्रदान कुरा भएकाले यसको कार्यान्वयन र छुटेका कुराहरु समय परिस्थिति अनुसार समेटन सकिने बताउनुभयो ।

कार्यक्रममा महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव शशिधर घिमिरेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले मन्त्रालय अपाङ्गता सवालका एजेण्डामा जानकार भएको भन्दै नियमावलीको कार्यान्वयनमा जोड दिन प्रथामिकता दिनेमा जोड दिनुभयो । उहाँका अनुसार तथापी अपाङ्गता सवालमा सवै मिलेर काम अगाडि बढाउनमा जोड दिनुपर्ने बताउनुभयो ।

मन्त्री गृरुङ सहभागी कार्यक्रमा मन्त्रालयका सचिव, सहसचिव कर्मचारीहरु सहित देशभरबाट अपांगता भएका व्यक्तिहरुको प्रतिनिधित्व रहेको थियो । अन्तरक्रियामा अपांगता भएका व्यक्तिहरुले नियमावली र समसामयिक बिषका सूझावहरु दिएका थिए । यसैगरी छलफलको सहजीकरण महासंघका महासचिव राजु बस्नेतले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्