OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीआश्विन ५, २०७७जुम्ला,
११७२ पटक

असोज ५ गते । प्रेस काउन्सिल नेपालले यस बर्षका विभिन्न पुरस्कारहरु घोषणा गरेको छ । यसवर्षको १ लाख १० हजार राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहरालाई प्रदान गरिने निर्णय भएको नेपाल पत्रकार महासघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार वोहरालाई सो पुरस्कार बितरण गरिएको छ । यसैगरी गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकउत्सवको अवसरमा यस पटक राष्ट्रपति कार्यालय शीतल निवासमा वार्षिकोत्सव समारोह गरी पुरस्कार वितरण गर्ने काउन्सिलको तयारी छ ।
गतवर्ष १ लाख ५१ हजार रुपैयाँ राशीको पुरस्कार हाँक साप्ताहिकका सम्पादक गोविन्दबहादुर थापालाई प्रदान गरिएको थियो ।
५० हजार राशीको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकम (काठमाडौँ) लाई दिइने काउन्सिलले जानकारी दिएको छ । यसवर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट गोविन्द क्षेत्री –झापा), राजन कार्की (काठमाडौँ), धर्मेन्द्र कर्ण (धनुषा), ऋषि धमला (धादिङ), उमेश श्रेष्ठ (काठमाडौँ), दीपेन्द्र श्रेष्ठ (कास्की) र नितु पण्डित (काठमाडौँ) ले पाउने भएका छन् । यस पुरस्कार जनही २० हजार राशीको रहेकोछ ।
१५ हजार राशीको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट यसवर्ष सटेन्द्र जबेगु –इलाम), सुरेशचन्द्र अधिकारी –चितवन) माधव पौडेल (काठमाडौँ, गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु विक। (सिरहा(, कमला श्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल फोटो पत्रकार, कास्की) र शान्ता कमली (लमजुङ) पुरस्कृत हुने भएका छन् ।
प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिका र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कारबाट वाम्बुले राई भाषाका लागि ओखलढुङ्गा पत्रकार गणेश राईले पाउने निर्णय भएको छ । बोहरालाई दोस्रो रासीको पुरस्कार उपलब्ध गराउने निर्णय भएको प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषालले जानकारी दिनुभयो ।
हुम्लामा बसेर पत्रकारिता गर्ने वोहरा नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष हुनुहुन्छ । रेडियो कर्णाली आवाज, रेडियो नेपाल, थाहाँ खबर सहितका विभिन्न सञ्चार माध्याममा काम गरि सक्नु भएको छ । पछिल्लो समय मस्तिक्स पक्षघातको बिरामी भएपछि पत्रकारहरु सहित सवैको सहयोगले आफुबाचेको बताउनुभएको छ । प्रेस काउन्सिलले बितरण गर्नेे १ लाख १० हजार राशीको प्रेस काउन्सिल संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार अर्थात दोस्रो राशीको पुरस्कार यस पटक कर्णालीले पाएको छ । पुरस्कृत सवैलाई वधाई तथा शुभकामना ।

प्रतिकृया दिनुहोस्