OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही आश्विन ५, २०७७सुर्खेत
४०२ पटक

 ५ असोज, २०७७, सोमबार

कर्णाली प्रदेशमा हालसम्म ७१ हजार १५५ व्यक्तिको आरटी पीसीआर परीक्षण गरिएको छ ।

कर्णाली प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले ३४ हजार ७४५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले २५ हजार ४९८, चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला, रुकुमपश्चिमले छ हजार ३२९ र दैलेख अस्पतालमा चार हजार ५८३ व्यक्तिको आरटी पीसीआर परीक्षण गरिएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिनुभयो ।

“पीसीआर परीक्षण गरिएका व्यक्तिहरुमा ६७ हजार २३६ व्यक्तिको नतिजा नेगेटिभ छ, महाशाखा प्रमुख शाहीले भन्नुभयो, “पछिल्लो २४ घण्टामा सुर्खेतमा २१, दैलेखमा १०, सल्यान, जुम्ला, कञ्चनपुर, बैतडी, प्यूठान र एक जना भारत गरी ३७ व्यक्ति थपिएसँगै कर्णालीमा तीन हजार १७३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।” संक्रमितहरुमा दुई हजार ५९८ पुरुष र ५७५ महिला रहेको उहाँले बताउनुभयो ।

त्यस्तै, आज नौ व्यक्ति डिस्चार्ज भएसँगै कर्णालीमा दुई हजार ६८७ व्यक्ति कोरोना संक्रमणमुक्त भएका छन् । ४८० सक्रिय संक्रमित र कालीकोट र हुम्लाबाहेक आठ जिल्लाका विभिन्न आइसोलेशन ४३१ जना रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्