OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीमंसिर १५, २०७५ जुम्ला
४४९ पटक

खलंगा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा व्लड वैंकको स्थापना गरिएको छ ।
प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गरि व्लडबैंकको शुरुवात गरिएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो । यहाँ व्लडवैंक नभएका कारण निकै ठूलो समस्या हुने गर्दथ्यो । अव रगत अभाव हुन नदिने उहाँको भनाई रहेको छ । प्रतिष्ठानमा अहिले ‘९० प्याकेट’ रगत सहितको स्टोर क्षमताको मेशिन र अन्य सामग्रीहरु शुरु गरिएको ल्याव ईन्चार्ज विवेक पुनमगरले जानकारी दिनुभयो । उहाँका अनुसार आज पहिलो दिन प्रतिष्ठान परिवारबाटै १२ जनाले रक्तदान गरेका छन् । सो रगत हामीले संकलन गरी रेफ्रीरेरेटर मेशिनमा राखिसकेका छौ । वेलुकी अवेर सम्म २० प्वाईन्ट रगत संकलन गर्ने लक्ष्य रहेको छ ।
व्लड वैंक मेशिन रु ९६ लाख र अत्याधुनिक ल्याव रु एक करोड ३६ लाखमा स्थापना भएको रजिष्ट्रार काफ्लेले जानकारी दिनुभयो ।
अव सेना प्रहरी धाउनु पर्दैन ः
प्रतिष्ठानमा कसैलाई रगतको अभाव भएमा यस अघि प्रतिष्ठानका कर्मचारी, नेपाली सेना र नेपाल प्रहरी लगायत सरोकारावाला निकाय धाउनुपर्ने अवस्था अव रोकिने प्रतिष्ठानको दावी छ । तर यसका लागि सवैले रगत दिएर सहयोग गर्नुपर्ने प्रतिष्ठानले अपिल गरेको छ । प्रतिष्ठानले आरम्भ गरेको व्लडबैंक संचालन गर्न आम नागरिकहरु, सामाजिक संघ संस्थाहरुले ब्लडदिने अभियानका कार्यक्रमहरु समेत गर्न आवश्यक रहेको छ ।
ब्लड बैंकको शुरुवातको दिन भने अस्पताल निर्देशक धर्मराज गोसाई, डाक्टर निरेश थापा सहित चिकित्सकहरुको टोलीले रक्तदान गरेको छ । यसैगरी प्रतिष्ठानले यस अघि आईसियू सेवा शुरु गरिसकेको छ । यसैगरी सिटिस्क्यान र अक्सिजनप्लाट समेत शुरु गर्ने तयारी भएको छ । यसैगरी पछिल्लो समयमा प्रतिष्ठानमा सेवा प्रवाह समेत बढेको छ । जुम्ला सहित साविक कर्णालीको हुम्ला, डोल्पा, कालिकोट, मुगु र जाजरकोटबाट विरामी बढिरहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस्