OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २, २०७७ जुम्ला,
९११ पटक

असोज २ गते । जुम्लामा ५ दिन देखी सत्याग्रह गरिरहेका डाक्टर गोविन्द केसीका माग प्रति साझापार्टीले ऐक्र्यवद्धता जनाएको छ ।
साझा पार्टीको विशेष टोली जुम्ला पुगेर अनसन स्थलमा पुगि प्रतिवद्धता जनाएका हुन् । डाक्टर गोविन्द केसीको स्वास्थ्य तलमाथी केही भएमा जनताको धर्यताको वाध टुटने भन्दै पत्रकार सम्मेलन गरेर सरकारलाई ध्यानाकर्षण समेत गराएको छ ।

विबेकशिल साझा पार्टी वाग्मति प्रदेश, ५ नम्बर प्रदेश, कर्णाली प्रदेश सहितका देशका विभिन्न ठाउँका साझापाटी प्रतिधिीहरुले अनसन स्थलमा गई मागको समर्थन गरेका हुन् ।

साझापाटीले एक विज्ञप्ति निकाल्दै डा. केसीलाई सुविधा सम्पन्न अस्पतालमा तुरुन्तै स्तानान्तरण गरिनुपर्ने बताएको छ । रामेछाप निवासी बाग्मति प्रदेशका प्रदिप थापाले सरकारले जनताका मागलाई कुल्चेर केसीको जीवनमाथी खेलवाड गरिरहेकाले समस्या हुने बताउनु भयो । उहाँले एक हजार किलोमिटरको यात्रा गरेर केसीका माग जायज भएकाले समर्थन गरी उहाँको जीवन रक्षाका लागि सरकार सग माग गर्न जुम्ला आईपुगेको बताउनुभयो । साझापार्टीका ५ नम्बर प्रदेशका प्रबक्ता हरिकृष्ण अधिकारीले कुनै स्वार्थ नभएका सन्त केसीले उठाएका माग कर्णाली जस्ता पिछडिएका नागरिकका लागि भएको बताउनुभयो । उहाँले कर्णालीका सर्वसाधारणका छोरा छोरीले डाक्टर पढ्ने र यतै सेवा गर्ने माग उठाएपनि सरकारले ध्यान नदिनु बिडम्बना रहेको बताउनुभयो । साझा पार्टीले केसीको सत्याग्रहको शुरुवाती चरणदेखी ऐक्यवद्धता दिदै आएको बताउनुभयो ।

साझा पाटीका बाग्मति प्रदेश सदस्य थापा, ५ नम्बर प्रदेश प्रवक्ता अधिकारी सहित कर्णाली प्रदेशका सूर्यदिप रेग्मी, कालिकोटका अनिल बिष्ट, जुम्लाका शुशिल देवकोटा र टंक प्रसाद जैसी सहितका साझा पाटीका नेताहरु सत्याग्रह स्थलमा गएर डा. केसीको माग र स्वास्थ्यको बिषयमा सम्वेदनिशिल हुन भन्दै सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

प्रतिकृया दिनुहोस्