OnlinePana

आज : २०८१ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १, २०७७सुर्खेत
१०६९ पटक

२०७७ सुर्खेत १, असोज, कर्णाली प्रदेशमा एकैदिन ११४ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज ११४ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको कूल संख्या तीन हजार २४ पुगेको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पीसीआर परीक्षणमा १०५ र दैलेख अस्पतालमा गरिएको आरटी पीसीआर परीक्षणमा नौ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएका व्यक्तिहरुमा सुर्खेतका ६४, दैलेखका नौ, जाजरकोटका छ, कालीकोटका चार, डोल्पा, कैलाली, बाँकेका तीन÷तीन, कञ्चनपुर, अछाम र बर्दियाका दुई÷दुई, सल्यान, रुकुमपश्चिम, जुम्ला र हुम्लामा एक÷एक जना रहेको महाशाखा प्रमुख शाहीले बताउनुभयो । कोरोना संक्रमितहरुमा २८ जना सुरक्षाकर्मीहरु रहेको उहाँले जनाउनुभयो ।

त्यस्तै, आजै २८ जना संक्रमित निको भएर घर फर्किएका छन् । डिस्चार्ज भएसँगै कर्णालीमा कोरोना संक्रमण जितेर निर्को हुनेको संख्या दुई हजार ६३३ पुगेको छ । उहाँका अनुसार यस प्रदेशमा ३१४ जना आइसोलेशन र ३८९ जना सक्रिय बिरामी रहेका छन् ।

प्रतिकृया दिनुहोस्