OnlinePana

आज : २०८३ जेठ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १, २०७७सुर्खेत
१२६३ पटक

२०७७ सुर्खेत १, असोज, कर्णाली प्रदेशमा एकैदिन ११४ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज ११४ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको कूल संख्या तीन हजार २४ पुगेको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पीसीआर परीक्षणमा १०५ र दैलेख अस्पतालमा गरिएको आरटी पीसीआर परीक्षणमा नौ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएका व्यक्तिहरुमा सुर्खेतका ६४, दैलेखका नौ, जाजरकोटका छ, कालीकोटका चार, डोल्पा, कैलाली, बाँकेका तीन÷तीन, कञ्चनपुर, अछाम र बर्दियाका दुई÷दुई, सल्यान, रुकुमपश्चिम, जुम्ला र हुम्लामा एक÷एक जना रहेको महाशाखा प्रमुख शाहीले बताउनुभयो । कोरोना संक्रमितहरुमा २८ जना सुरक्षाकर्मीहरु रहेको उहाँले जनाउनुभयो ।

त्यस्तै, आजै २८ जना संक्रमित निको भएर घर फर्किएका छन् । डिस्चार्ज भएसँगै कर्णालीमा कोरोना संक्रमण जितेर निर्को हुनेको संख्या दुई हजार ६३३ पुगेको छ । उहाँका अनुसार यस प्रदेशमा ३१४ जना आइसोलेशन र ३८९ जना सक्रिय बिरामी रहेका छन् ।

प्रतिकृया दिनुहोस्