OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही भाद्र २५, २०७७जुम्ला,
१२१५ पटक

भदौ २५ गते । जुम्लामा कर्णाली प्रदेश लेखा ईकाइ स्थापना भएको छ । कर्णाली प्रदेश सरकारले जुम्ला सहित ४ जिल्लामा प्रदेश स्तरीय लेखा इकाई कार्यालय स्थापना भएको छ ।

जुम्लामा प्रतिनिधिसधा सदस्य गजेन्द्रबहादुर महतले कोलेनिका प्रदेश अन्तरगत प्रदेश स्तरीय लेखा इकाइ कार्यालयको उद्घाटन गर्नु भएको हो । प्रदेश लेखा इकाई कार्यालयको उद्घाटन गर्दै सांसद महतले संघियता बलियो हुदै गएको हुदा प्रदेश सरकार र स्थानीय तह थप क्रियाशिल हुन आवश्यक रहेको बताउनुभयो । उहाँले चाडै बजारमा पैसा आउने बाताबरण प्रथामिकता गर्न निर्देशन समेत गर्नुभएको थियो ।

सांसद महतले कोभिड १९ लाई जोडेर फरक प्रशंगमा भन्नुभयो, निशेषधाज्ञा र सिलनै उत्तम उपाय नभएको भन्दै जिल्लाकोे अर्थतन्त्रको बिषयमा ध्यान दिन जोड दिनुभयो । उहाँले स्थानीय प्रशासनले यो बिषयमा सोच्नुपर्ने भन्दै आक्रोस पोख्नु भयो । बन्दले किसानहरुलाई खासै प्रभाव नपरेपन लामो बन्दले बजार क्षेत्रको उद्योग व्यवसाय धरापमा परिसकेको छ । कर्मचारीको तलब सजिलै आउने भएकाले व्यवसायलाई मात्रै असजिलो भएको बताउनुभयो । उहाँले लेखा प्रणाली हिजोको भन्दा धेरै परिवर्तन भईसकेकाले अहिलेका अप्ठ्यारोलाई सहज बनाउनमा समयमै काम गर्न आवश्यक रहेकाले जोड दिन कार्यालय प्रमुखहरुलाई जोड दिनुभएको थियो । जुम्ला संक्रमणले जेलिरहेको समयमा संक्रमण फैलिन नदिन पटक पटक निषेधाज्ञा गरिदै आएको छ । विहिवार देख ीभने स्थानीय प्रशासनले आधा दिन बजार खुला गर्ने आदेश जारी गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले नयाँ कार्यालय थपिनु राम्रो भएको भन्दै प्रदेश लेखा इकाई कार्यालयले कामको बोझ घटाउनेमा जोड दिनुभयो । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख रामप्रसाद बिडारीले आर्थिक सुशासनमा हामी सवैको जोड हुने भन्दै कार्यालयले समयमै काम गरेर भुक्तानी माग गरेमा ढिलाई नहुने बताउनु भयो । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालाकराम देवकोटाले प्रदेश सरकारले प्रदेश लेखा इकाई स्थापना गर्ने निर्णयले सजिलो हुने बताउनुभयो । प्रदेश लेखा इकाई कार्यालय जुम्लाका प्रमुख धन प्रसाद शर्मा सहित ४ जनाको कर्मचारी टोली अहिले खटाईएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख शर्माले प्रदेश सरकारले भदौ २ गते गरेको निर्णय अनुसार हुम्ला, सल्यान, कालिकोट पछि जुम्लामा समेत स्थापना भएको जानकारी दिनुभयो । प्रदेश सरकारले सुर्खेत वाहेक सवै कर्णाली प्रदेशका सवै जिल्लामा कार्यालय स्थापना गर्ने लक्ष्य लिएको छ । अहिले कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्ला सँगै स्थापना गरिएको हो । जुम्लामा उद्घाटन कार्यक्रमहरुमा सवै प्रदेश अन्तरगतका कार्यालयहरुको उपस्थिति थियो ।
प्रदेश लेखा इकाई अन्तरगत कार्यालयहरु :
प्रदेश लेखा इकाई कार्यालय अन्तरगत १२ वटा कार्यालय रहेका ईकाई कार्यालयले जानकारी दिएको छ । कार्यालयहरु यस प्रकार छन् ।
१) कर्णाली प्रदेश लेखा इकाई कार्यालय जुम्ला ।
२) कर्णाली प्राविधिक शिक्षालय जुम्ला ।
३) सामाजिक विकास कार्यालय जुम्ला ।
४)जिल्ला स्वास्थ्य कार्यालय जुम्ला ।
५) डिभिजन जिल्ला वन कार्यालय कार्यालय जुम्ला ।
६) सड्क डिभिजन कार्यालय प्रदेश जुम्ला ।
७) खानेपानी तथा सिँचाई डिभिजन कार्यालय जुम्ला ।
८) यातायात व्यवस्था सेवा कार्यालय जुम्ला ।
९) भेटनरी अस्पताल तथा पशुसेवा कार्यालय जुम्ला ।
१०) पूर्वाधार विकास कार्यालय जुम्ला ।
११) कृषि विकास कार्यालय जुम्ला ।
१२) घरेलु तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्ला ।

प्रतिकृया दिनुहोस्