OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २२, २०७७काठमाडौं
८७२ पटक

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञ सल्लाहकारमा टीका ढकाललाई नियुक्त गर्नुभएको छ । ढकाललाई सञ्चार तथा सूचना र अन्य तोकिएको जिम्मेवारी पूरा गर्ने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पाँचथरको आरूबोटेमा जन्मनुभएका ढकाल २०५० देखि २०५५ सालसम्म आरुबोटे माविमा स्थायी शिक्षक हुनुहुन्थ्यो । स्थायी जागिर छाडेर स्नातकोत्तर अध्ययनको लागि काठमाण्डौ आउनुभएका टीका ढकालले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी र राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

उहाँले अमेरिकाबाट द्वन्द्व व्यवस्थापनमा समेत स्नातकोत्तर गर्नुभएको छ । ढकालले अहिले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्दै हुनुहुन्छ । विज्ञ सल्लाहकार ढकालले सार्क विकास कोष, युरोपेली शान्ति संस्थालगायतका निकायमा काम गरिसक्नुभएको छ ।

प्रतिकृया दिनुहोस्