OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी भाद्र २१, २०७७काठमाडौं
७०७ पटक

काठमाडौँ, भदौ २१ गते । कोभिड–१९ बाट नेपालमा थप नौ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोभिड–१९ सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको छ । आज थपिएका मृतकसँगै कोभिड–१९ बाट नेपालमा मृत्यु हुनेको सङ्ख्या २८९ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा दुई जना महिला र सात जना पुरुष गरी नौ जनाको मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा काठमाडौँका ६४, ६८ र ८२ वर्षीय पुरुष छन् । त्यसैगरी, चितवनका ७०। धनुषा ३५, पर्साका ७७ वर्षीय पुरुष, मोरङका ४५ वर्षीय पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा मोरङकी ६४ र  पा झापाकी ४५ वर्षीया रहेको मन्त्रालयले जनाएको छ ।

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्