OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीभाद्र २०, २०७७जुम्ला,
८५२ पटक

जुम्ला, २० भदौ गते । कोरोना महामारीको संक्रमण अत्यधिकरुपमा बढ्दै गएपछि कर्णालीलाई नियन्त्रणमा लिन सकस भएको छ । पछिल्लो समयमा जुम्ला यसबाट बढी प्रभावित भएको छ ।

जुम्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दो अवस्थामा पुगेपछि यहाँ तीन दिनदेखि अनिश्चितकालिन् निषेधाज्ञा जारी गरिएको छ । बिहीबार जुम्लाका प्रमुख जिल्ला अधिकारीसहित यहाँका उद्योग व्यवसायी, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी गरी सात जनामा कोरोना संक्रमण देखिँदा अहिले जुम्लामा त्रास फैलिएको छ ।

जिल्ला प्रशासनका कार्यलय जुम्लाले यस अघि नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बाट जिल्ला समन्वय समितिसहित यहाँका आठै वटा स्थानीय तहका जनप्रतिनिधि, प्रहरी र नागरिकलाई विभिन्न ठाउमा हुने अनावश्यक भेला, जमघट, भिडभाडलाई रोक्न अनुरोध गरिएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो ।

“जिल्लामा कोरोना संक्रमणको अवस्थालाई भयावह हुन नदिन र नागरिकको जीउधनको सुरक्षा गर्न निषेधाज्ञा जारी गरिएको छ,” सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले भन्नुभयो, “माक्स लगाउन, अनावश्यक भिडभाड नगर्न र भौतिक दूरी कायम गरी घरायसी कामकाज गर्न अनुरोध गर्दापनि नागरिकहरु अनुशासित भएको पाईएको छैन ।”

यद्यपि प्रशासन कार्यालयहरुले गरेको निर्देशन र स्थानीयस्तरमा आफूहरुले दिएको सुझाव यहाँका नागरिकहरुले वास्ता नगरेको तिला गाउँपालिका जुम्लाका उपाध्यक्ष विष्णु बुढाले जानकारी दिनुभयो । उपाध्यक्ष बुढाले भन्नुभयो, “यो महामारीमा कुनैपनि भिडभाड, जमघट र पैठ (मेला) नगर्न भनेर प्रेस विज्ञप्ति, सचेतनाका कार्यक्रमका साथै सूचना जारी गरिएको छ तर पनि यस्ता कार्यहरु रोकिएका छैनन् ।”

साविकको कर्णालीमा मष्टो मान्ने संस्कृतिले विश्वव्यापी महामारीकोरुपमा पैmलिएको कोरोना संक्रमणको प्रकोपमा पनि यहाँका नागरिकहरु संयमित भएको पाईदैन । जिल्लाको तातोपानी, तिला, हिमा गाउँपालिकाका विभिन्न स्थानमा रहेका थान (मन्दिर) हरुमा दैनिक पैठ (मेला) रोकिएनन् । यो समयमा सबैभन्दा बढी पैठ (पैठ) हिमा गाउँपालिकाको जोगीवाडा, बाँजागाड, मच्च, ऐडावाडा, बड्की, देवारगाउँमा लागे ।
तातोपानी गाउँपालिका जुम्लाका अध्यक्ष नवराज न्यौपानेले कोरोनाको यो प्रकोपमा थान (मन्दिर) पूजारीलाई सामान्य पूजाआजा गर्न भनिएपनि मेला लगाएका अनावश्यक मान्छेको भिड गरेको बताउनुभयो । प्रेस विज्ञप्ति जारी गरेर सूचनाका साथै निर्देशन नमाने कारवाही गर्ने चेतावनी दिईएको अध्यक्ष न्यौपानेले जनाउनुभयो ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले यो समयमा कुनै पनि भेला, सेमिनार, गोष्ठी नगर्न, भौतिक दूरी कायम गर्न, धार्मिक पैठ (मेला) नगर्न अनुरोध गरेको छ । यद्यपि पछिल्लो समयमा कोरोना संक्रमणको कारण धार्मिक मेला बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जनशक्ति नै कमि भएकोले धार्मिक गतिविधि नियन्त्रण ल्याउन नसकिएको बताउनुभयो ।

जिल्लाको विभिन्न स्थानमा गरिएका मेलाले कोरोना संक्रमणको ठूलो डर भएको सरोकारवालाहरु बताउछन् । यो विषम् परिस्थितिमा मेला, भेला गर्नु जो कोहीका लागि हानी हुने भन्दै सबै नागरिकहरुले अनुशासित भएर सरकारको निर्देशन पालना गर्नुपर्ने नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतको भनाई छ ।

प्रतिकृया दिनुहोस्