OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीभाद्र १७, २०७७सुर्खेत
७९८ पटक

 १७ भदौ २०७७, बुधबार

कर्णालीमा आज ९५ कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाद्वारा सार्वजनिक विज्ञप्ति अनुसार संक्रमितको संख्या अप्रत्यासित रुपमा बढेको पाईएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरटी पिसिआर परीक्षणमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा जुम्लाका ३७, कालीकोटमा २१ जनामा कोरोना पुष्टि सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिनुभयो ।

त्यसैगरी, कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षरी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा सुर्खेतका १७, दैलेखका पाँच, बाँकेका चार, जुम्ला र जाजरकोटका दुई/दुई, कालीकोट, बर्दिया, बझाङ्, कैलाली, दार्चुला र दाङ्का एक/एक गरी ३७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको उहाँले बताउनुभयो ।

आज ९५ व्यक्तिमा संक्रमण देखिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दुई हजार ५५१ पुगेको छ । दुई हजार १२५ व्यक्ति कोरोना संक्रमणमुक्त भएको बताउँदै महाशाखा प्रमुख शाहीले ३३५ जना संक्रमितहरुको यस प्रदेशअन्तरगतका विभिन्न आइसोलेशनमा उपचार भईरहेको जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्