OnlinePana

आज : २०८३ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र १७, २०७७
१००२ पटक

१७ भदौ २०७७ बुधबार

जिल्ला प्रशासन कार्यालय जुम्लाले सदरमुकाकाम खलंगा जुम्लामा पुनः निषेधाज्ञा जारी गरेको छ ।

चन्दननाथ नगरपालिकाभित्रै बढी संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले पुनः अनिश्चितकालीन् निषेधाज्ञा जारी गरेको हो । संक्रमणले झनै भयावह अवस्था लिन थालेपछि जुम्ला सदरमुकामको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, दक्षिण तिलानदी र उत्तरमा कर्णाली प्राविधिक शिक्षालाय क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयो, “अर्को सूचना नभएसम्मका लागि यी चार किल्लाभित्र जमघट, भेला, भिडभाड, पर्व, जात्रा तथा आसन्न चाडपर्वहरु नगर्न नगराउन र औषधि पसल तथा स्वास्थ्य सेवा बाहेक सम्पूर्ण क्रियाकलाप बन्द गर्न आदेश गरिएको छ ।” यहाँका कुनैपनि पसल, कार्यालय, व्यवसाय र संघ संस्था खोल्न नपाउनेगरी संक्रामक रोग ऐन, २०२० को दफा २(२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ

प्रतिकृया दिनुहोस्