OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १४, २०७७जुम्ला,
६०० पटक

भदौ १४ गते । कालिकोट र जुम्लाको सिमाना नाग्ममा भिषण पहिरो गएको छ । विहान ४ बजे गएको पहिरोले एक जना बालकको मृत्यू भएको घटनास्थलमा जुम्लाबाट जानु भएका शशस्त्र प्रहरी निरीक्षक गणेश अचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरो गए पछि ३ घर पुरिनुका ५,६ जना मानिसहरु पुरिएका हुन सक्ने प्रहरी निरीक्षक आचार्यले जानकारी दिनुभयो । यसैगरी २ जना घाईतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतलमा पुरयाईएको जुम्लाका हरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो ।

अचानक आएको सुख्खा पहिरोले पुरिएका घरमा मानिसहरु हुन सक्ने आशंका गरिएकाले अहिले नेपाल प्रहरी र शशस्त्र प्रहरीले उद्धार गरिरहेको फोन नलागेकाले घटनाको बृस्तृत बिबरण आउन वाँकी रहको प्रहरी नायव उपरीक्षक धामीले थप्नुभयो ।

घटनाको अवस्था बुझ्न र मानवीय क्षेतिबाट जोगाउन नेपाल प्रहरी, शशस्त्र प्रहरी जुम्ला र कालिकोटबाट सो क्षेत्रमा पुगिसकेको जनाईएको छ । शशस्त्र प्रहरी प्रहरी निरीक्षक गणेश आचार्य सहितको टोली नाग्ममा पुगिसकेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्