OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही भाद्र ११, २०७७जुम्ला,
११६७ पटक

जुम्ला भदाै ११ गते । काेभिड १९ का कारण मध्यपश्चिम विश्व विद्यालयले अनलाईनबाट पनि परीक्षा लिने भएको छ । विश्व विद्यालयले भदौ १२ गतेबाट अनलाईनबाट मिडटर्म परीक्षा लिने भएको मानविकी तथा समाजशास्त्र संकाय क्याम्पस प्रमुख तेज बिक्रम बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड १९ को समस्याका कारण विद्यार्थीलाई यो सुविधा दिईएको हो । कम्यूटर नजान्नेहरुका लागि अफलाईन हातले लेखेर स्क्यान र फोटो खिचेर पठाउनुपर्नेछ ।

ढुक्क भएर परीक्षा दिन अपिल : उपकुलपति सिंह 

विश्व विद्यालयका उपकुलपति डा. नन्द सिंहले कोभिडको समस्याका कारण विद्यार्थीलाई सजिलोका लागि प्रश्न पठाएर परीक्षा दिने गरिएको छ । विद्यार्थीले भने तोकिएको समयमा उत्तर पठाउनु पर्ने भएको छ ।

उहाँका अनुसार विद्यार्थीलाई ढुक्क साथ परीक्षा दिन समेत जानकारी गर्नुभएको छ । डा. सिंहले अहिले मध्यपश्चिम विश्व विद्यालयका ५ संकाय, १० वटा क्याम्पस र २ स्कुल रहेका र जस मध्य सकभर सवै  विद्यार्थी परीक्षामा सहभागी हुने अनुमान गरिएको बताउनुभयो । डा. सिंहले अनलाईन प्रणालीबाट परीक्षा लिने बिषयमा गत साउन १९ गतेको निर्णय अनुसार नियमानुसार परीक्षा संचालन गरिने भएको छ ।

आम संचार र पत्रकारिता विभाग प्रमुख यूवराज शर्माका अनुसार कोभिडले विद्यार्थीको सेमेष्टारनै खेर जाने भएकाले विश्व विद्यालयले उपयोग गर्दै अनलाईन र अफलाईन परीक्षा गर्न थालेको जानकारी दिनुभयो ।

उहाँका अनुसार यदि यो नगरिए पठन पाठननै समस्या हुन्थ्यो । कोभिड शुरु भएदेखीनै विश्व विद्यालयले अनर्लाइन कक्षाहरु समेत शुरु गरेर पढाई गर्दै आएको छ । अनलाईनबाटै कक्षा संचालन भएर अगाडि बढ्नु समग्र विद्याथी र अझै सुर्खेत बाहिरका विद्यार्थीका लागि ठूलो अवसर भएको बर्दियाका आम संचार र पत्रकारिता बिषयमा अध्ययनरत विद्यार्थी सावित्री गिरीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्