OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही भाद्र ८, २०७७जुम्ला,
१३५६ पटक

भदौ ८ गते । अप्रत्यासित रुपमा जुम्लाको हिमा गाउँपालिकामा कोरोना संक्रमित बढेपछि सो क्षेत्रमा अहिले सचेतना बढाउन थालिएको छ । स्थानीयले एकातिर गाउँ गाउँमा आउन कडाई गरेका छन् भने अर्कोतिर स्थानीय र प्रहरीले सचेत हुन ४ दिन देखी माईकिङ गर्दै पहरा दिईरहेको छ ।

गाउँमा कोरोना संक्रमण बढेपछि स्थानीय प्रहरीले भिडभाड नगर्न तथा अनावश्यक काममा नलाग्न पहरा दिन थालेको हो । हिमा गाउँपालिकाको क्षेत्र गाउँपालिका कार्यालय जुँगाड देखी आचार्य लिही सम्म माईकिङ गरेर कोरोना संक्रमणबाट जोगिन भन्दै सचेत गर्न थालेको बड्की प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक दिलेन्द्रराज पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय जुम्लाले गरेको जारी आदेश अनुसार प्रहरीले सम्पूर्ण हिमा गाउँपालिका एक गाउँबाट अर्को गाउँ अनावश्यक काममा नजाउ, भिडभाड नगरौ भन्दै पहरा दिईरहेका छौ । अहिले पछिल्लो समयमा संक्रमित भएपछि अहिले स्थानीय आफै सचेत भईरहेका उहाँले बताउनुभयो ।

यसैगरी हिमा गाउँपालिकामा मात्रै जोगिवाडा, देवारगाउँ, आर्चालिही, मोफ्ला सहितका केही गाउँका स्थानीय र गाउँपालिकाका विभिन्न शाखाँका कर्मचारीहरु, व्यपारीहरुमा समेत गरि ५९  जनामा कोरोना संक्रमण देखिएको छ ।

गाउँमा जति भन्दा पनि भिडभाड कम नहुने धार्मिक तथा र भेलाहरु गर्ने कामले झन समस्या बनाएको सरोकारवालाहरुको बुझाई छ । हिमामा एक्कासी बढि संक्रमित देखिएपछि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा सहितको कोभिड नियन्त्रण व्यस्थापन समितिको टोली संक्रमित क्षेत्रमा पुगेर दुई स्थानमा आईसुलेशन संक्रमतिलाई आईसोलेसेनमा राखेर फर्किएको थियो ।

अहिले गाउँपालिकामा ति बिरामीका संक्रमितलाई खोजी गरेर स्वाब लिने काम भईरहेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले श्री भैरब आधारभुत विद्यालय जोगिबाडा र श्री कालिका मा.वि कुडुमा संक्रमित बिरामीलाई बसालिएको जानकारी दिनुभयो । अहिले जिल्लाभरीनै बढि भिडभाड हुने क्षेत्रमा पिसिआर परीक्षण हुने काम भईरहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

अहिले हिमामा संक्रमण बढेपछि धार्मिक कार्यक्रमहरु पनि रद्ध गरिएका स्थानीयले जनाएका छन् । सामान्य पुजाआज गरेर सम्पन्न गर्ने काम हुने गरेको स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस्