OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,भाद्र ५, २०७७जुम्ला,
१२२८ पटक

भदौ ५ गते । यहाँको हिमा गाउँपालिकामा एका एक संक्रमण बढेपछि गाउँमा त्रास बढेको छ । ४ दिन अघि गाउँपालिकामा कार्यरत कर्मचारीहरु सहित ९ जनामा संक्रमण देखिएपछि सम्पर्कमा रहेका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्दा थप ५१ जनाको नतिजा पोजेटिभ भएपछि त्रास छाएको छ ।

तर संक्रमितलाई जिल्लामा तयार गरिएको आईसोलेसनमा ल्याउन आनाकानी गरेपछि अहिले सम्म कहाँ बसाल्ने भन्ने अन्यौल भएको छ । अहिले उनिहरु को कहाँ कस्तो अवस्थामा छन् थाहाँ छैन् । गाउँपालिकामा आईसुलेसन वेड छैनन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने १२० वेड आईसुलेसन तयारी अवस्थामा रहेको सरकारी तथ्यांक छ । तर अहिले १४ जना आईसुलेसनमा संक्रमित भर्ना छन् । अन्य वेड खालि भएपनि १२ घण्टा बिति सक्दा संक्रमितलाई आईसोलेसनमा नराख्दा थप अन्यौल छाएको छ ।

स्थानीय तहमा आईसोलेसन बनाउने निर्णय ठिक गरिएपनि संक्रमित भईसकेपछि तत्कालको व्यवस्थापन नगरिएकोमा चौतर्फी आलोचनामा भएको छ । हिमा गाउँपालिका अध्यक्ष रजवहादुर शाहीका अनुसार हामी अर्को गाडी बनाएर पनि सदरमुकामको तयारी आईसुलेसनमा पठाउन तयार छौ तर जिल्लामा व्यवस्थापन गर्नका लागि स्थान नभएको भनेपछि अन्यौल भएका छौ । जिल्लाको सवै टिम गाउँपालिकातिर आउछ भन्नु भएको छ तर आजै आईसुलेसन तयारी गर्न सकिने अवस्था नभएको उहाँले बताउनुभयो ।

जिल्लाको कोभिड व्यवस्थापन समितिको बैठकले अब स्थानीय तहमै क्वारेन्टाईनलाई आईसुलेशन बनाईने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओम प्रकाश देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सिञ्जामा पनि परीक्षण गरिने भएकाले बढि भएभने जिल्लामा नथेग्ने उहाँको भनाई छ । तर तत्काल संक्रमित ५१ जनालाई तयार पािरएको आईसोलेसनमा लिएर राख्दा राम्रो हुने र वाँकी व्यवस्थापन गाउँपालिकामै हुदा राम्रो हुने स्थानीयको आक्रोस छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डां मंगल रावलले लक्षण भएका संक्रमितलाई मात्रै प्रतिष्ठान ल्याउने निर्णय भएको बताउनुभयो ।

जिल्लामा संक्रमितलाई ल्याउन भने गाडिको अभाव भएकाले सकस भएको बताईएको छ । बिपत व्यवस्थापन समितिको वैठकले मासिक रु एक लाख पचाँस हजार उपलब्ध गराउने गरी गाडि व्यवस्थापन गरेको छ तर एक पटकमा ९ जना अटाउने भएकाले हिमा गाउँपालिकाले अर्को गाडि तयार गर्न सकिने पनि बताउछ ।

यस अघि पनि कर्णाली प्राविधिक शिक्षालयमा संक्रमित भएका व्यक्तिलाई समयमै आईसोलेसनमा नल्याएको भन्दै चौतर्फी आलोचना आएपछि पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसोलेशनमा पुरयाईएको थियो ।

प्रतिकृया दिनुहोस्