OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीभाद्र ४, २०७७जुम्ला,
१३४३ पटक

जुम्ला,,जुम्लाको हिमा गाउँपालिकाका थप ५१ जनाको कोरोना रिपोर्ट पोजेटिभ भएका छन् । केही दिन अघि ९ जना कोरोना पोजेटिभ देखिएको हिमा गाँउपालिकाका कर्मचारी सहित अन्य सम्पर्क व्यक्तिहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा ५१ जना र कालिकोटको नाग्ममा बसोवास गरिरहेका ५ जना सहित थप ५६ जना संक्रमित भएका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओम प्रकाश देवकोटाका अनुसार संख्या मात्रै प्रारम्भिक जानकारी भएको बताउनुभयो । यसैगरी अन्य पदाधिकारी सहितको समेत स्वाब संकलन गरिएको छ ।
जिल्लाको उच्च निगरानी :

हिमा गाउँपालिकामा एका एक बढ्दो संक्रमण भेटिएपछि जिल्लाकै उच्च निगरानी भएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार जिल्लानै संक्रमण फैलिने डर भएकाले अहिले निषेधाज्ञा गरिएको छ ।

अव हिमामा थप कसरी जाने भन्ने बिषयमा भोलिनै कोभिड कमाण्ड रोकथाम समितिको वैठक बस्नेछ । जिल्लाको धेरै जनशक्ति हिमामा खटाइने प्रयास गरिनेछ । प्रमुख जिल्ला अधिकारी थापाले सम्पूर्ण दाजुभाई दिदिवहिनीहरुले आफ्नो ज्यान सुरक्षाको लागि भिडभाडमा नजाने, मास्क लगाउने र सावुनपानिले अनिवार्य हात हुन पुन अपिल गर्नुभयो ।

यसैगरी केही संक्रमितको सम्पर्कमा रहेका १० जना पत्रकारहरुको रिपोर्ट नेगेटिभ आएको जानकारी गरिएको छ । अस्पताल स्रोतका अनुसार अन्यको परीक्षण भईरहेको छ ।

प्रतिकृया दिनुहोस्