OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही भाद्र ४, २०७७जुम्ला,
१३६२ पटक

खलङ्गा भदौ ४ गते । जुम्लाको हिमा गाउँपालिका वडा नं ६ निवासी अति अशक्त अपाङ्गता भएका व्यक्ति सूर्य अधिकारीको एक मात्र यात्राका लागि साहाराको साधन ह्वीलचेयर छ ।

उहाँ गाउँबाट सदरमुकाम १८ किलोमिटरको कच्चि बाटोमा हिमा गाउँपालिकाको कतिपय काम गर्न तथा साताको एकदिन सदरमुकाम आउने जाने गर्नुहुन्छ । उहाँको यात्रा ह्वीलचेयरमै हुन्छ । गाउँपालिका देखी नाग्म सम्म नौ किलोमिटर र जान नौ किलोमिटर यात्रा उहाँले ह्विीलचेयरमा गरेको देखेपछि कतिपय मानिहरु दंग पर्दछन् ।

जुम्लाको हिमा गाउँपालिका पञ्जिरकरण विभागमा कार्यरत कर्मचारी अति अशक्त अपांगता भएका व्यक्ति अधिकारीको वाध्यता पनि उस्तै पर्दछ । सदरमुकाम आउनु पर्ने तर नाग्म सम्म सार्वजनिक गाडिमा ह्वीलचेयर कतिपय सार्वजनिक गाडिले चढाउन नमान्ने, चढेपनि बस्न, ओर्लिन र ह्वीलचेयर राख्न असजिलो हुने भएकाले अधिकारीको यात्रा ह्वीलचेयरमै हुने गरेको बताउनुहुन्छ ।

झन यो वेला लकडाउन भयो । गाडि पाउने कुरा भएन, एक दुई पटक त गाउँपालिका देखी सदरमुकाम ४१ किलोमिटर ह्विीलचेयरमा यात्रा गरेको दुःख उहाँले प्रकट गर्नुभयो । तर आफुलाई केही नलाग्ने संघर्ष गरेरै हिड्ने भएपनि कहिले बाढी पहिरो र खोला बढेपछि हैरान हुने गरेको उहाँ बताउनु हुन्छ ।

जन्मजात पोलियोको समस्या भएका सूर्य अधिकारीको दुवै खुट्टा चल्दैन । त्यसैले सारथीको रुपमा ह्वीलचेयर हो । शु क्रवार अस्थायी बसोबास भएको हिमा गाउँपालिकाको कार्यालय जुगाँडखोलाबाट जुम्ला सदरमुकामको यात्रा उहाँले तय गरेपछि जुम्ला र कालिकोटको सिमामा रहेको महावैपाथरखोलाको खोला निकै बढेको थियो । मोटरसाईकल समेत हिड्न नसक्ने अवस्थामा रहेको सो खोलामा कठिन अवस्थामा ह्वीलचयरमा हिड्न वाध्य हुदा झण्डै जोगिनु भएको छ । माथीबाट सदरमुकाम जाने भनेर आईहालियो फकिन पनि कठिन भएकाले खोला तर्दा धन्नै जोगिएको अधिकारीले बताउनुभयो । झण्डै बचियो, खोला बढेको रहेछ, नाग्म गमगडि राजमार्गको सो क्षेत्रमा पुल निर्माण हुन नसकेका कारण गाडि, मोटरसाईकल यात्रुहरुलाई त कठिन हुने नै भयो । तर पैदल यात्रुलाई समेत सास्ति दिने गरेको छ । कैयौ दिन घरजान हिलोमा डुवाएर ह्वििल चियर डुवेर जाने वाध्यता भएको उहाँले गुनासो गर्नुभयो ।

समयमै सो खोलामा पुल निर्माणमा जोड नदिदा सूर्य जस्तै कयौ यात्रुलाई हैरान बनाएको हो । खोला मात्रै होईन, हिमा गाउँपालिकाको एक किलोमिटर ग्राभेल नहुदा ठूला ठूला खाल्डा र हिलो, बर्खामा धुलोले ह्विील चियर गुडाउन कठिन भएको सूर्यले बताउनुभयो ।
नाग्म गमगडि राजमार्गको नाग्म देखी हिमा गाउँपालिकाको भुगोलपाटा सम्म ग्राभेल गर्ने जिम्मा लिएका निर्माण कम्पनीले यस बर्ष पनि काम पुरा नगरेपछि पर्यटकलाई समेत हैरान बनाएको छ । गाउँपालिका नजिकैको सड्कमा करिब एक किलोमिटर हिलो र धुलोलले डुवाउछ तर संघीय सरकारले विनियोजन गरेको बजेटको काम नहुने र स्थानीय सरकारले राख्न नमिल्ने समस्या गाउँपालिका बताउछन् । हिमा गाउँपालिकाले एक पटक रु १० लाख विनियोजन गरि निधै सास्ति बनाएको खाल्डा र हिलो पुरेको थियो तर महालेखा परीक्षकको कार्यालयले वेरुजु निकाल्दिएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले गुनासो गर्दै आउनु भएको छ ।

खोलामा पुल नबन्दा कुनै दिन दुर्घटना हुन सक्ने डर भएको स्थानीय अपांगता भएका व्यक्ति रामकृष्ण न्यौपानेले जानकारी दिनुभयो । उहाँले पनि स्कुटि डुवेर धन्नै बचेर आएको बताउनुभयो । सो क्षेत्रमा लकडाउनले काम ढिला भएको सड्क डिभिजन कार्यालयका ईन्जिनियर दिपक वि.कले जानकारी दिनुभयो ।

सड्क राम्रो भईदिएको भए ह्वीलचियरको यात्रा समेत राम्रो हुने थियो । यसमा पनि आफै चल्ने ह्वीलचेयरेको खोजीमा रहेको अधिकारीले थप्नुभयो । सदरमुकाम जानुपरेमा हैरान हुन्छ र बाटो मर्मत कहिले हुने हो चिन्ता बढिरहेको अधिकारीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्