OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीसाउन ३२, २०७७ जुम्ला ,
६५७ पटक

खलंगा साउन ३२ गते । जिल्लामा बिपत प्रतिकार्य योजनामा कोभिड १९ अर्थात कोरोना भाईरस समेटिने भएको छ । जिल्लाको बिपत प्रतिकार्य योजनामा कोभिड १९ रोकथामका लागि गर्नुपर्ने कामहरु समेटिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

जिल्ला बिपत व्यवस्थापन समितिको आयोजनामा जिल्ला बिपत प्रतिकार्यका लागि जुम्लाका स्थानीय सरकार, संघीय सांसद,प्रदेस सांसदहरु, स्थानीय जनप्रतिनिधीहरु र सरोकारवाला निकायहरुको सहभागितामा जिल्ला विपत प्रतिकार्य योजनाका अगाडि बढाईएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाको अगुवाईमा निर्माण हुन थालेको जिल्ला प्रतिकार्य प्रतिकार्य योजनामा कोभिड १९ र बिभिन्न प्रकारका बिपतले पुरयाउने असरको बिषयमा प्रतिकार्यको योजना समेटिएको हो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको सो वैठकमा कोभिड १९ का लागि समेटिएका प्रावधानहरु र अन्य जिल्लाको अवस्था प्रस्तुतीकरण गरिएको थियो ।

बिपत प्रतिकार्य योजनामा कोभिड १९ का लागि स्वास्थ्य र पोषण सहित, कृषि र खाद्य सुरक्षा सहित विभिन्न सवालहरु समेटिएका छन् । यसैगरी कोभिड १९ को तथ्यांक संकलन, सेल्फ क्वारेन्टाईन, स्थानीय संचार माध्यामबाट प्रचार प्रसार, सामाजिक दुरी कायम अनिवार्य, आपतकालिन खाद्य सुरक्षा भण्डारण, विभिन्न वैठक अनुगमन तथा मूल्यांकन, मनोसामाजिक परामर्श सहितका विभिन्न कामहरु कोभिड १९ रोकथामका लागि जिल्ला बिपत प्रति कार्ययोजनामा समेटिएको छ । जिल्ला बिपत व्यवस्थापन समितिको वैठकमा सो योजनाको प्रस्तुत गरि जानकारी सहित सूझाब लिईएको हो । यसैगरी प्रतिकार्य योजनाका बिषयमा स्थानीय सरकार सहित सरोकारवालाहरुले सूझाव दिएका छन् । पातारासी गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहराले योजनालाई कार्यान्वयनमा ल्याउन जोड दिनुपर्ने बताउनुभयो । सिञ्जा गाउँपालिका अध्यक्ष देवसिंह रावलले नाग्म गमगडि राजमार्गनै बिपतको चपेटामा रहेकाले प्रथामिकता दिन अनुरोध गर्नुभयो ।

चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले बिपत योजनाको मस्यौदा सम्बन्धित तहलाई दिनुपर्ने र अन्तिम रुप दिनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले प्रतिकार्य योजना अध्ययन गरेर पुरा गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संघीय सांसद गजेन्द्र बहादुर महतले बिपत सहित हरेक कुरा सवैभन्दा बढि स्थानीय तहको जिम्मेवारी बढि रहेको बताउनुभयो । तर अन्य निकायहरुमा समन्वय गर्न आवश्यकता रहेको सूझाव दिनुभयो । बिपत व्यवस्थापन समितिले जिल्लाको बिपतको अवस्थाको तथ्यांक अनिवार्य राख्न आवश्यक रहेको छ ।
पूूर्व संविधानसभा सदस्य डिल्ली प्रसाद काफ्लेले बिपतमा स्थानीय सरकारलाई बढि बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । हरेक घरको एकजनार्लाई पिसिआर परिक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रदेश सांसद पदमबहादुर रोकाया, दिनवन्धु श्रेष्ठले अहिले सवै हामी आपत बिपतमा रहेको भन्दै कोभिड रोकथाममा सवै सरोकारवालाहरु प्रथामिकताका आधारमा बिपत रोकथाममा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । यसैगरी बिपत वैठकमा जिल्लामा कोभिड संक्रमणका बिरामी बोक्ने एम्बुलेन्सका लागि रु ६० हजारका दरले जिल्लाका आठ वटै स्थानीय तहले रकम बिनियोजन गर्ने निर्णय समेत भएको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्