OnlinePana

आज : २०८० मंसिर १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३२, २०७७जुम्ला,
१५१५ पटक

साउन ३२ गते । जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएकोछ । जिल्ला प्रशासन कार्यालय जुम्लाले नगरपालिका सहित स्थानीय तहहरुमा निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जारी गर्नुभएको निषेधाज्ञामा २०७७ साल साउन ३२ गते राति १२ बजेबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको जानकारी गरिएको छ । स्थानीय प्रशासनले संक्रामण रोग ऐन २०२० को २(२) र स्थानीय प्रशासन ऐन २०२८ को ६ (३) बमोजिम निषेधाज्ञा जारि गरेको जानकारी गरेको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञामा बिभिन्न स्थानमा स्वाब संकलन गर्दा समुदायमा कोरोना फैलिनबाट रोक्न, संक्रमण हुन नदिन निषेधाज्ञा गरिएकोछ ।

यसैगरी ति स्थानहरूमा कुनैपनि भेला नगर्न समेत निर्देशन गरिएको छ । दिउसो तिज नजिकीदै गर्दा बिभिन्न स्थानहरूमा पाटीहरू र भेलाहरू हुने, गाउँमा धार्मिक मेला र राजनितिक भेलाले जोखिम बढेको प्रमुख जिल्ला अधिकारी थापाले बिपत व्यवस्थापन समितिको वैठकमा समेत जानकारी गराउनु भयो ।

एकातिर कोरोनाको रोकथामका लागि खोजी कार्य गर्नुपर्ने, पिसिआर परिक्षणको दायरा बढाउनुपर्ने देखी भिडभाड कम गर्ने अभियानको भेला भिडभाड बढाउने कामले तिजमा झन प्रभावित हुने भएकाले निषेधाज्ञा गरिएको कोभिड कमाण्ड व्यस्थापन समितिको बुझाई रहेको छ ।

यसैगरी स्थानीय प्रशासन र स्थानीय तहले पटक पटक सूचना जारी गर्दै धार्मिक मेला र भिडभाड नगर्न निर्देशन गरेपनि विभिन्न स्थानमा भेला भईरहेका दृश्यहरु देखिन्छन् । भौतिकदुरी कायम गर्नुपर्ने अवस्थामा यसले थप जोखिम हुने भएकाले बन्द गर्न पुन निर्देशन समेत गरिएको हो ।

प्रतिकृया दिनुहोस्