OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३०, २०७७जुम्ला,
६५० पटक

खलङ्गा साउन ३० गते । कोरोना भाईरस रोकथामका कारण पातारासी गाउँपालिका निषेधाआज्ञा जारी गरिएको छ । पातारासी गाउँपालिकामा ंसार्वजनिक यातायातमा काम गर्ने चालकलाई कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

बिहिवार देखी जिल्लाको पातारासी गाउँपालिकामा पिसिआर परीक्षण गर्दा २३ बर्षिय सवारी चालकमा काम गर्ने एक पुरुषमा पोजेटिभ नतिजा देखिएपछि जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्धारा पातारासी गाउँपालिकामा निषेधाज्ञा जारी गरि गरिएको छ । यस अघि ८ जना कर्णाली प्रतिष्ठानको आईसुलेसनमा छन् ।

गाउँपालिकाको पूर्वमा गडिगाउँ, पेरे, हुरीमहरी, पश्चिममा चन्दननाथ नगरपालिकाको सिमाना रानागाउँ, उत्तरमा खालीचौर दक्षिणमा गुठिचौरका चार किल्ला क्षेत्रमा औषधी पसल र स्वास्थ्य सेवा वाहेकका सम्पूर्ण क्रियाकलापहरु बन्द गर्न प्रमुख जिल्ला अधिकारी भुपेन्द्रथापाबाट सूचना जारी गरिएको हो । यसैगरी यस अघि जिल्लाको चन्दननाथ, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिकाको वडा नम्बर ५ खुला भईसकेका छन् । यस अघि सो क्षेत्रमा कोरोना पोजेटिभ देखिएपछि थप संक्रमण बढ्न नदिन तथा सम्पर्क व्यक्तिको जाँच गरिसकेपछि नतिजा नेगेटिभ आएपछि अन्य क्षेत्र निषेधाज्ञा खुला भएको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले जानकारी दिनुभयो ।

पछिल्लो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र जिल्ला कोभिड नियन्त्रण कमाण्ड समितिको समन्वयमा भिडभाड बढि हुने क्षेत्रहरुमा नमूनाको रुपमा पिसआर परीक्षण गरिदै आउने काम भएको छ । पछिल्लो समयमा उद्योगी व्यापारीमा समेत नमूनाको रुपमा परिक्षण गर्ने काम भएको हो ।
९२ प्रहरीको परीक्षण :
यसैगरी ९२ जना प्रहरीको पिसिआर परीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले ९२ जना प्रहरीको पिसिआर परीक्षण गरिएको जनाएको छ । यस अघि निरन्तर स्वास्थ्यकर्मी, पत्रकारहरु र सरोकारवाला निकायहरुको समेत पिसिआर परिक्षण गरिदै आउने काम भएको छ ।

प्रतिकृया दिनुहोस्