OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीसाउन २९, २०७७ जुम्ला,
९८४ पटक

साउन २९ गत । भारी बर्षाले नदिको बहाब बढेपछि पातारासी गाउँपालिकाको लोर्पाका दुई गाउँ आवत जावत कठिन भएको छ ।
पातारासी हिमालबाट बग्ने जवाँ नदिको बहाव अत्याधिक बढेर विभिन्न स्थानमा क्षेति पुरयाईरहेको समयमा पातारासी गाउँपालिका वडा नं ४ को लोर्पा गाउँको पुल नदिले बगाएर लिएपछि दुई दिन देखी गाउँमा आवत जावत प्रभावित भएको हो । अहिले स्थानीले झुलंगे पुल प्रयोग गरिरहेका छौ । तर गाडिको आवत जावत भने पूर्ण बन्द भने भएको छ ।

यसैगरी गाउँपालिकाको वडा नम्बर ५ अन्तरगतको लुम गाउँको विधुत गृह र नहर समेत बगाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले जनाउनुभयो । पुल, विधुत र नहरको क्षेतिको बिषयमा प्राविधिक टोली खटाईएको छ ।              अनुमानित क्षेति रु एक करोड बढि हुन सक्ने भएको उहाँले बताउनुभयो ।
निरन्तर आएको बर्षाको कारण अहिले                         नदिको वहाब अत्याधिक बढिरहेको छ । यहाँको तिला, हिमा र जवाँ नदिको वहाब बढेपछि विभिन्न स्थानमा मार्सीधान रोपिएका खेतमा निकै बढि क्षेति पुरयाईएको छ ।

स्थानीयले क्षेति पुर्तिको बिषयमा स्थानीयले जोड दिन आवश्यक रहेको बताएका छन् । लोर्पा गाउँमा अव पक्कि पुल आवश्यक रहेको स्थानीय कृष्ण बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार भएको काठेपुल बगिसक्यो, थप क्षेति भएको छ । यसैगरी यता तिला नदिको विभिन्न स्थानमा धानमा भएको क्षेतिले ठूलो क्षेति भएकोमा स्थानीयलाई निरासा छाएको छ  ।

प्रतिकृया दिनुहोस्