OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही मंसिर १०, २०७५जुम्ला
८०५ पटक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश प्रमुख प्रतिपक्षदलको नेता जीवन बहादुर शाहीले पत्रकारहरुलाई कर्णालीमा भोकमरीको समाचार नलेख्न आग्रह गर्नुभएको छ ।
नेपाल प्रेस यूनियनको तेस्रो जिल्ला अधिवेशनको उद्घाटनको क्रममा उहाँले ‘अर्गानिक खानाको धनि’ कर्णालीमा भोकमरी नभई भातमरी भएको हुदा पत्रकारहरुले गलत समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभएको हो । मिडियाले कर्णाली भोकमरी भन्ने प्रचार प्रसार गर्दा कर्णालीको रैथानेबालि धरापमा पर्ने भन्दै अव वाहिरबाट निर्यात भएका कुईएको चामल र बिषाधी तरकारी रोक्न अर्गानिक उत्पादनमा जोड दिने बताउनुभयो । उहाँले भन्नुभयो, मार्सिधान, फापर, कोदो, सिमी, आलु, स्याउ हाम्रा पोषिला खाना हुन । यही उत्पादन गर्ने र खाने तथा प्रयाप्त निर्यात भएमा कर्णालीको समृद्धि भएको बताउनुभयो । नेता शाहीले हिजो पुर्खाहरुले भेडाको छालाबाटै कोट, जुता, टोपी सवै प्रयो गर्थे तर आज हामीले बिस्थापित गर्यौ ।
नेता शाहीले अव भने नेपाली कांग्रेस नेतृत्वलाई साथ सहयोग सवैले गरेमा कांग्रेस बलियो हुने बताउनुभयो । अव गाउँ बस्तिमा मिलेर नेता दैलो पुग्नुपर्दछ, उहाँले थप्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले पार्टी नेतृत्व सहि दिशामा नगएको भन्दै रोस प्रकट गर्नुभयो । नेपाल प्रेस यूनियनका केन्द्रीय अध्यक्ष बद्रि सिग्देलले प्रेस यूनियनको ईतिहास फरक भएकाले समाजको आखा भएर लाग्न पत्रकारहरुलाई अनुरोध गर्नुभयो ।
सांसदको एक महिनाको तलब अक्षयकोषलाई ः .
नेपाल प्रेस यूनियन जुम्लाले रु १० हजार सहित घोषणा गरेको ‘गौरी अर्जुन पत्रकारिता पुरस्कार अक्षयकोष’मा कर्णाली प्रदेशका प्रमुख प्रतिपक्षदलका नेता तथा प्रदेश सांसद शाहीले आफ्नो एक महिनाको सुविधा सरहको पैसा उपलब्ध गराउने घोषणा गर्नुभएको छ । यसैगरी अक्षयकोषमा प्रेस यूनियन केन्द्रीय समितिले रु ५ हजार, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईले रु ३ हजार सहित रु ७५ हजार औपचारिक कार्यक्रममा जम्मा भएको प्रेस यूनियन जुम्लाले जनाएको छ । सो अक्षयकोषबाट जम्मा भएको पैसा हरेक बर्ष जुम्लामा उत्कृष्ट पत्रकारिता गर्ने पत्रकारहरुलाई पुरस्कारको रुपमा उपलब्ध गराईनेछ ।

प्रतिकृया दिनुहोस्