OnlinePana

आज : २०८१ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही साउन २५, २०७७जुम्ला,
१३४३ पटक

साउन २५ गते । जुम्लामा फेरी कोरोना संक्रमित थपिएपछि निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले चन्दननाथ नगरपालिका र तिला गाउँपालिका वडा नं ५ मा निषेधाज्ञा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्धारा हस्ताक्षरित जारी निषेधाज्ञामा साउन २५ गते दिउसो ३ बजेबाट चन्दननाथ नगरपालिकाको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिलानदीमा निषेधाज्ञा जारी गरिएको छ ।

यसैगरी तिला गाउँपालिकाको वडा नं ५ ढिमकोट गाउँको पूर्वमा चुलाकोट, पश्चिममा जुगामुल, उत्तरमा डुग्री गाउँ, दक्षिणमा खोलिगाउँ चार किल्लामा औषधी पशल र स्वास्थ्यसेवा वाहेक सवै क्रियाकलापहरु पूर्ण रुपमा बन्द गर्न अर्को निर्णय नभए सम्म संक्रामक रोग ऐन २०२० को २(२) र स्थानीय प्रशासन ऐन २०२८ को ६ (३) बमोजिक निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

जुम्लामा पछिल्लो समय चन्दननाथ नगरपालिकामा ३ जना, तिला गाउँपालिका वडा नं ५ मा एक जनामा कोरोना पुष्टि भएको छ । यसैगरी पचाल झर्ना कालिकोटका जुम्ला बस्दै एक जना र शुभकालिका गाउँपालिकाका एकमा कोरोना पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रशासकीय अधिकृत द्धोन्द्धबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले प्रतिष्ठानको आईसुलेसनमा फेरी ८ जना भएका छन् ।

प्रतिकृया दिनुहोस्