OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २२, २०७७जुम्ला
३०६ पटक

२२ साउन २०७७, बिहीबार

कोरोना भाइरस रोग समुदायस्तरमा देखिएपछि कनकासुन्दरी गाउँपालिका जुम्लाले एक सूचना जारी गरी गाउँपालिका नै सिल गरेको छ ।

कनकासुन्दरी ३ लुम गाउँका ४२ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले तीन दिनसम्मका लागि पूर्णरुपले बन्द गरेको हो । उक्त गाउँपालिकाका अध्यक्ष नरबिर रावतद्वारा हस्ताक्षरित सूचनामार्फत लुम गाउँको समुदायमा नै कोरोना भाइरस रोग देखिएकोले त्यसबाट संक्रमण फैलन नदिन साउन २२–२५ गतेसम्म गाउँपालिका पूर्णरुपले बन्द गरिएको जनाईएको छ ।

प्रेषित विज्ञप्तिमा भनिएको छ, “कोरोना महामारीबाट संक्रमणबाट नागरिकहरुलाई बचाउन तीनसम्मका लागि अत्यन्तै जनसम्पर्क हुने कार्यालय, गाउँपालिका, वडा कार्यालय, गाउँपालिका अन्तरगतका विषयगत शाखा, बैंक, सार्वजनिक स्थल, बजार गाउँहरु तीन दिन सिल गर्ने भनि गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकको निर्णयबाट यही साउन २५ गतेसम्म् कनकासुन्दरी गाउँपालिकाका आम नागरिकहरुलाई कुनैपनि बेला आवतजावत नगरी घरमै बसेर सहयोग गर्न अनुरोध गर्दछौं ।”

यता जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द थापाले कनकासुन्दरी गाउँपालिका ३ लुम गाउँ जुम्लामा गरिएको आरटी पिसिआर परीक्षणमा ४२ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उक्त वडा पूर्णरुपले सिल गरिएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिईएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी थापाले उक्त गाउँको पूर्वमा मालिकाबोता, पश्चिममा बिराट, उत्तरमा कालेकाँडा लेक र दक्षिण गोठीज्यूला बजारको चार किल्ला क्षेत्रमा औषधि पसल र स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण क्रियाकलापहरु पूर्णरुपले बन्द गर्न अर्को निर्णय नभएसम्मका लागि संक्रामक रोग, २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (३)  बमोजिम निषेधाज्ञा जारी गरिएको बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्