OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन १८, २०७७
८९८ पटक

१८ साउन २०७७, आईतबार

कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्को घटनाबाट पूर्णरुपमा घर क्षति भएको घरपरिवारलाइ रु.एक लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्बाट घर पूर्ण क्षति भएका परिवारको आवास निर्माणको लागि राहत स्वरुप रु.एक लाख दिने निर्णय गरेको हो । मुख्यगरी विपद्को समयमा यहाँका नागरिकहरुको सामना गर्ने क्षति र पीडालाई यथासंभव सम्बोधन गर्न बैठकले यो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिनुभयो ।

त्यसैगरी, बैठकले विपद्बाट क्षति भएको घर परिवारका लागि तीन महिना पुग्ने गरी खाद्यान्न उपलब्ध गराउने प्रदेश सरकारले निर्णय गरेको प्रवक्ता केसीले बताउनुभयो । उहाँका अनुसार जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटको भवन निर्माणका लागि साविक जिल्ला अस्पताल जाजरकोटको स्वामित्वमा रहेको जग्गा प्राप्तिका सम्बन्धमा सहमति प्रदान गर्ने निर्णय उक्त बैठकले गरेको छ ।

प्रतिकृया दिनुहोस्