OnlinePana

आज : २०८३ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर ६, २०७५
१०१४ पटक

नेपालको सबैभन्दा विकट मानिने कर्णाली क्षेत्रमा पछिल्लो समय प्राविधिक शिक्षासँग जोडिने विद्यार्थीहरुको संख्या व्यापक मात्रामा वृद्धि भईरहेको पाइएको छ । जुम्लामै प्राविधिक शिक्षा अध्ययन गर्न पाउने भएपछि जुम्लाका विद्यार्थीहरुलाई अन्य शहरहरुमा जानु पर्ने बाध्यता हटेको छ । पछिल्लो एक दशकमा कर्णालीका सम्पूर्ण पाँचवटै जिल्लाका प्रायजसो विद्यार्थीहरु आफ्नै जिल्लाभित्रका विद्यालयमा सञ्चालित प्राविधिक शिक्षातर्फ उन्मुख हुने जिल्ला शिक्षा तथा समुन्वय एकाइको अनुमान छ। बिद्यार्थिहरु उच्च शिक्षाअध्यापनका लागी राजधानी लगायता विभिन्न देशहरुमा जानुको मुख्यकारण पनि प्राविधिक शिक्षा नैं रहेको देखिन्छ ।अहिले कर्णाली प्रदेशअन्तर्गतका पाँचवटै जिल्ला जुम्ला, मुगु, कालीकोट, हुम्ला र डोल्पामध्ये प्राविधिक शिक्षामा सबै भन्दा अग्र स्थानमा जुम्ला देखिएको छ । हरेक बर्ष एसईई उत्तिर्ण हुने कूल विद्यार्थीमध्ये करिब ७० प्रतिशतभन्दा बढी जुम्लाका विद्यार्थीहरु प्राबिधिक शिक्षा अध्यानका लागी जिल्ला छोडेर बहिर जाने गर्द छन् । अब जुम्ला जिल्लामै ओभरसियर, बाली विज्ञान, नर्सिङ, एचए, फार्मेसी, ल्याब, रेडियो ग्राफी, आयुर्वे्िदक, अनमी, सीएमए जस्ता थुप्रै प्राविधिक कोर्षहरु संञ्चालन हुने छन । विद्यार्थीहरु अत्यधिक मात्रामा प्राविधिक शिक्षा पढ्ने जिल्लाको रुपममा जुम्ला मानिएको छ। पछिल्लो समयमा जुम्ला जिल्लाका आठ ओटै स्थानियतहहरुमा प्राबिधिक शिक्षा संञ्चानल हुने भएका छन

प्रतिकृया दिनुहोस्