OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १६, २०७७सुर्खेत
९५९ पटक

 १६ साउन २०७७, शुक्रबार

ह्याण्डिक्याप ईन्टरनेश्नल फेडेरेशन नेपालले स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशलाई १५४ थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सेट हस्तान्तरण गरेको छ ।

नोबेल कोरोना भाइरस (कोभिड१९) को प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको व्यक्गित सुरक्षाका लागि पिपिईसहित संस्थाले आज पाँच लिटरको ८० बोतल ह्याण्ड सेनिटाईजर, पाँच लिटरका १२ थान डिस्ईन्फेक्सन सफाई गर्ने जारसमेत हस्तान्तरण गरेको ह्याण्डिक्याप ईन्टरनेश्नल कर्णाली प्रदेशका कार्यक्रम अधिकृत प्रकाश उपाध्यायले जानकारी दिनुभयो ।

त्यसैगरी, ११ हजार ५५० थान पिसिएस सर्जिकल मास्क, ११ हजार ५५० थान पिसिएस ग्लोभ्स र एक पिसिएस ईन्फ्रा-रेड-थर्मोमिटर निर्देशनालयलाई हस्तान्तरण गरिएको अधिकृत उपाध्यायले बताउनुभयो । हामीले कर्णालीलाई मुख्य कार्यक्षेत्र बनाएर यहाँको स्वास्थ्य मापदण्डमा रहेर यस प्रदेशका स्वास्थ्यसँग सम्बन्धित पुनस्थापितहरुलाई सहयोग गर्दै आएको छौं, उहाँले भन्नुभयो, विशेषगरी युएसएडको आर्थिक सहयोगमा फिजिकल रिहाबिलिटेसन एक्टिभिटी कार्यक्रम यस क्षेत्रमा साहयता गर्ने लक्ष्य राखेको छ ।

उहाँका अनुसार ह्याण्डिक्याप ईन्टरनेश्नलले कर्णालीको समावेशी शिक्षा, लैंगिक तथा प्रजनन् स्वास्थ्य क्षेत्रसँग सम्बन्धित रहेर हस्तक्षेपकारी काम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्