OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

जुम्ला क्याम्पस प्रमुखमा डाक्टर आचार्य नियुक्त : आजै पदवहाली

स्थानीय व्यक्ति पहिलाेे क्याम्पस प्रमुख :

नेत्र शाही साउन १६, २०७७जुम्ला,
१३९५ पटक

साउन १६ गते । जुम्ला बहुमुखी क्याम्पस प्रमुखमा डाक्टर ओम प्रकाश आचार्य नियूक्त हुनु भएको छ ।
डा. आचार्य जुम्लाको पहिलो स्थानीय व्यक्ति क्याम्पस प्रमुख हुनु भएको हो । उहाँको शुक्रवार पदवहाली भएको क्याम्पस प्रशासनले जानकारी दिएको छ । पदवहाली भएपछि सवैको सहकार्यमा जुम्ला क्याम्पसको उन्नतिमा जोड दिने उहाँले बताउनुभयो ।

डाक्टर आचार्यलाई २०७७ साल साउ ९ गते बसेको त्रिभुवन विश्व विद्यालयको कार्यकारी परिषदले जुम्ला क्याम्पस प्रमुखको पदका लागि नियुक्त गर्ने निर्णय गरेको जुम्ला बहुमुखी क्याम्पसका मुख्य कार्यालय सहायक जगतबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार साउन १५ गते नियूक्ति उपलब्ध गराएको र १६ गते पदवहाली भएको छ । साउन १५ गते भने निवर्तमान क्याम्पस प्रमुख बसन्तराज भण्डारीको पदावदी सकिएपछि उहाँलाई नवनियूक्त क्याम्पस प्रमुख त्रि.वि.ले जिम्मेवारी दिएको हो ।

यसैगरी नवनियूक्त क्याम्पस प्रमुख आचार्यको पदवहाली सँगै निबर्तमान क्याम्पस प्रमुख बसन्तराज भण्डारीले चावी हस्तान्तरण समेत गर्नु भएको थियो भने क्याम्पस परिवारले फुलमाला, अविर र खादाले स्वागत तथा वधाई साटेका थिए ।
को हुन डाक्टर आचार्य ?
जुम्ला हिमा गाउँपालिका १ आचार्य लिही निवासी डा. आचार्य २०६५ सालमा जुम्ला बहुमुखी क्याम्पसमा नेपाली र शिक्षा बिषयमा करारमा प्रध्यापकको रुपमा काम शुरु गर्नुभएको थियो । उहाँले २०७४ सालमा त्रि.वि. सेवा आयोगले लिएको स्थायी परीक्षा उत्तिर्ण हुनु भएको थियो ।

सिञ्जाको भैरव माध्यामिक विद्यालय र मुगुको महादेव माध्यामिक विद्यालयबाट हाईस्कुल शिक्षा उत्तिण गर्नुभएका उहाँले स्नातक विश्व विद्यालय क्याम्पस कृतिपुरबाट गर्नुभएको थियो । यसैगरी त्रिभूवन विश्व विद्यालय केन्द्रीय क्याम्पसबाटै २०७५ सालमा विद्यावारीधि गर्नु भएको थियो । उहाँले बि.सं २०७० सालमा विश्व विद्यालय अनुदान आयोगबाट बिद्वत बृत्ति फेलोसिप र २०७६ सालमा प्रादेशिक प्रतिभा पुरस्कार पाउनु भएको छ ।

प्रतिकृया दिनुहोस्