OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १२, २०७७सुर्खेत
६३६ पटक

१२ साउन २०७७, सोमबार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा सुर्खेत भेरीगंगा, गुर्भाकोट र लेकबेसी नगरपालिकाका विभिन्न योजना एवं कार्यक्रमको अनुगमन, अध्ययन तथा अवलोकन गरिएको छ ।

कृषि तथा सहकारी मन्त्रालय तथा त्यस मातहतका कृषि तथा पशुपंक्षी विकास निर्देशनालय अन्तरगत निर्माण सम्पन्न भएका कार्यक्रम तथा योजनाहरुको मन्त्रालयद्वारा अनुगमन, अध्ययन तथा अवलोकन गरिएको हो । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी, नेकपा कर्णाली प्रदेशका सचेतक सीता नेपाली, कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकाय, मन्त्रालयका सूचना अधिकारी धनबहादुर कठायतसहितले भेरीगंगा नगरपालिका ३ स्थित बोक्सेमा कृषि वन कार्यक्रममार्फत नर्सरी निर्माण कार्यक्रमको अनुगमन गर्नुभएको थियो ।

त्यस्तै, मन्त्री केसीसहितको अनुगमन टोलीले भेरीगंगा नगरपालिका १० सुर्खेतस्थित झिलमिले डाँडामा निर्माण भएको दुई सय मेट्रिक टन अट्ने क्षमताको कर्णालीको सबैभन्दा ठूलो शीत भण्डारको अनुगमन, अवलोकन तथा अध्ययन गर्नुभयो । अवलोकनको क्रममा प्रदेश सरकारले सहयोग गरेको बजेटको सहि सदुपयोग भएको र कार्यक्रमको प्रभावकारिताबारे सकरात्मक समीक्षा भएको थियो ।

विशेषगरी मन्त्री केसी तथा नेकपाका सचेत सीता नेपालीले भेरीगंगा नगरपालिका १३ सुर्खेत रामघाटमा सलहले पारेको क्षेतिको अवलोकन गर्नुभएको थियो । अवलोकनको क्रममा उहाँले १३ नं वडामा कृषकहरुसँग समसामयिक विषयमा छलफल पनि गर्नुभयो । छलफलमा बोल्दै उहाँल रामघाट कृषिका हिसाबले संभाव्य र महत्वपूर्ण ठाउँ भएकोले किसानहरुलाई अघि बढेर मेहनतका साथ काम गर्न आग्रह गर्नुभयो ।

सो वडामा सलहले पारेको क्षेतिका विषयमा क्षेतिको एकिन गरी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट किसानहरुलाई आवश्यक सहयोग गर्ने मन्त्री केसीको भनाई थियो । नेकपा कर्णाली प्रदेशका सचेतक सीता नेपालीले रामघाट बत्ती मुनिको अँध्यारो जस्तै वडा बनेको कुरा व्यक्त गर्नुभयो । “उत्पादनयोग्य भूमि छ तर यहाँ दलितहरुको बस्ती धेरै छ,” सचेतक नेपालीले भन्नुभयो, “सरकारसँग सहजै पहुँच नहुँदा संभावना र अवसर थुपै्र भएपनि सुगम भित्र दुर्गम भएर रामघाट विकासमा परेको छ ।”

स्थानीय कृषक पवित्रा परियारले यही ३ गते आएको सलहले मकैबाली पूर्णरुपले नष्ट पारेको दुखेसो पोख्नुभयो । उहाँले गाउँमै मन्त्री आएर हेर्नु भएकोले भोको मर्नुपर्ने अवस्था नआउने विश्वास व्यक्त गर्दै सकेसम्म काम गरेर खाने योजना दिन आग्रह गर्नुभयो । नमूना गाउँ टोलका अध्यक्ष पदमबहादुर वलीले भेरीगंगा नगरपालिका ९, ११, १३ र १२ का जनताहरुको स्थायी लालपूर्जा नभएकोले सो स्थायी गर्दिन आग्रह गर्नुभएको थियो ।

त्यसैगरी, कृषिमन्त्री केसी नेतृत्वको टोलीले गुर्भाकोट नगरपालिका ९ सुर्खेतको बोटेचौरमा प्रदेश सरकारको रु.एक करोड बजेट सहयोगमा निर्माण भएको कर्णालीको एकमात्र हाईटेक नर्सरी, युद्ध पर्यटनलाई प्रवद्र्धन गर्ने हेतुले लेकबेसी नगरपालिका ३ सुर्खेतको दशरथपुरस्थित निर्माणाधिन अवस्थामा रहेको शहीद पार्कसमेतको अध्ययन अवलोकन गरेको थियो ।

प्रतिकृया दिनुहोस्