OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही साउन १२, २०७७काठमाडौं
५७२ पटक

१० साउन २०७७, सोमबार

मुलुकभर झैं कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन । तर बन्दाबन्दी खुलेको एकसाता पुग्न थालेको छ । सरकारी तथा गैरसरकारी कार्यालय तथा शहर बजारमा नागरिकहरुको भीडसमेत बढ्दै जाँदा अब यो संक्रमण झन् फैलिने सक्ने खतरा देखिन्छ ।

यसले बिगतमा देखिएको कोेरोना भाइरसको मनोविज्ञान भन्दा अब कोरोना रोगले ग्रसित भएपपछि नागरिकहरु स्वास्थ्य संस्थामा आउने र मृत्यु हुने खतरा बढेको चिकित्सकहरुले बताउँदै आएका छन् । कर्णाली प्रदेश अस्पतालका कोरोना संम्पर्क व्यक्ति डा.के.एन.पौडेलले बिगत्मा संक्रमण मात्र देखिँदै आएकोमा अब लक्षण नै देखिने अवस्थामा पुगेकोले खतरा बढेको बताउनुभयो ।

कर्णालीको जुम्लामा संक्रमित व्यक्ति निको भएर घर गएपछि कोरोना मुक्त भएको छ । यद्यपि परीक्षणको दायरा बढाउँदा संक्रमण देखिने संभावना त्यत्तिकै रहेको चिकित्सकहरुले प्रतिक्रिया दिँदै आएका छन् । आज मात्रै कर्णालीका ३१ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

दैलेख अस्पतालमा गरिएको आरटी पिसिआर परीक्षणमा दुल्लु नगरपालिका दैलेखका २८ चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालमा गरिएको परीक्षमा सल्यान कुमाख गाउँपालिकाका दुई र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा चिङ्गाड गाउँपालिकाको एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताउनुभयो ।

उहाँका अनुसार यही शनिबार २७, हिँजो आईतबार २८ र आज ३१ संक्रमित थपिएसँगै कर्णालीमा कोरोना भाइरसबाट संक्रमित हुने संख्या एक हजार ९१० पुगेको छ । यो क्रम घटेको छैन । दुई महिला र १२ पुरुष संक्रमित निको भएर घर फर्केसँगै कर्णालीमा कोरोना जितेर घर फर्कनेको संख्या एक हजार ६५९ पुगेको मन्त्रालयको जनस्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्