OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

अरुको मुख ताकेर कर्णालीको विकास हुँदैन ः मुख्यमन्त्री शाही

छायाँनाथ रारा नगरपालिकाद्वारा“मदिरा निषेधित नगरपालिका”

मंसिर १, २०७५सुर्खेत,
३४५ पटक

सुर्खेत, १ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको मुख्य जिम्मेवारी कर्णालीवासीकै हातमा रहेको बताउनुभएको छ ।
छायाँनाथ रारा नगरपालिकाद्वारा आज मुगु गमगढीमा आयोजित “मदिरा निषेधित नगरपालिका” घोषणा कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले अरुको मुख ताकेर कर्णालीको विकास नहुने बताउनुभयो । “हामी अरुको मुख ताकेर नबसौं,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “बरु हाम्रो ईच्छाशक्तिलाई परिणाममा रुपान्तरण गर्ने दृढ संकल्पका साथ अघि बढौंं ।”
उद्घाटन कार्यक्रममा उहाँले कर्णालीको विकासको लागि आर्थिक स्रोतको अभाव नहुने विश्वास दिलाउँदै हरेक नागरिकले ईमान्दारितका साथ उपलब्ध रकमको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले थप्नुभयो, “प्रदेश सरकार आर्थिक स्रोतको व्यवस्थापनमा लागिरहेको छ, मुख्यमन्त्रीको हैसियतमा दातृ निकाय तथा लगानीकर्ताहरुसंग गरिएका छलफलहरु निकै सकरात्मक दिशामा अगाडि बढिरहेको छन् ।”
विकासका लागि आएको स्रोतमा आँखा लगाउने प्रवृत्ति रहेको बताउदै मुख्यमन्त्री शाहीले भन्नुभयो–“भ्रष्ट मानसिकताको अन्त्य नगरी हामीले हाम्रो प्रदेश बनाउन सक्दैनौं ।’ त्यसैले स्रोतको सदुपयोग र दिगो विकासको सामुहिक प्रतिवद्धता हामीमा हुन जरुरी छ ।”
चीन भ्रमणका क्रममा भएको सहमति अनुसार चाईना रेलवे ईञ्जिनियरिङ कम्पनीले कर्णालीको जीवनरेखाको रुपमा रहेको हिल्सा–जमुनाहा द्रुर्तमार्ग निर्माणका लागि संभाव्यता अध्ययनको काम शुरु गरिसकेको छ महिनाभित्र संभाव्यता अध्ययन प्रतिवेदनपश्चात् प्रदेश सरकारको हातमा आउने र द्रुर्तमार्ग निर्माण कार्य अघि बढ्ने कुरासमेत उहाँले मुगुबासी जनतालाई जानकारी गराउनुभएको थियो ।
राराको पर्यटन विकासको लागि नाग्म–गमगढी दुई लेनको सडकका रुपमा कालोपत्रे गर्न तथा त्यसको स्तरोन्नति गर्न विश्व बैंकबाट प्रतिवद्धता प्राप्त भएको उहाँको भनाई थियो । उहाँका अनुसार कर्णालीको पर्यटनको केन्द्रका रुपमा रहेको रारामा पूर्वाधार विकासमा प्रदेश सरकार प्रतिवद्ध रहेको छ ।
मुख्यमन्त्री शाहीले कर्णालीका नागरिकको जीवनस्तर बदल्न एकीकृत बस्ती विकासको आवश्यकता रहेको औंल्याउँदै मुगुलगायतका जिल्लामा एकीकृत बस्ती विकासको लागि प्रदेश सरकारले बजेटको व्यवस्था गरेको बताउनुभयो । मुख्यत, दुर्गम जिल्लाको छायाँनाथ राराले “मदिरा निषेधित नगरपालिका” घोषणा गरेर मुलुकमा शान्त, समृद्ध र खुशी समाज निर्माणको नमूना काम गरेको भन्दै उहाँले कृतज्ञता प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले हरेक खुशीको सर्जक जो कोही आफै हुने बताउनुभयो । यहाँको स्थानीय प्रशासन, प्रहरी, नागरिक समाज र समुदायको सहयोगले हामीले छायाँनाथ रारालाई “मदिरा निषेधित नगरपालिका” घोषणा गरेका छौं, प्रमुख शाहीले भन्नुभयो, यसको दिगोपन, अबको महत्वपूर्ण पक्ष हो ।
उहाँले थप्नुभयो, “छायाँनाथ र रारा नेपालकै महत्व बोकेको पर्यटकीय क्षेत्र भएकोले यहाँ आउने हरेक नागरिकहरुले आनन्द लिउन् र सभ्य संस्कृति सिकेर जाउन्, हामी त्यही चाहान्छौं ।” यसको विकास र प्रवद्र्धनमा संघीय तथा प्रदेश सरकारले विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभएको थियो । शुरबहादुर सिंह (रासस)

प्रतिकृया दिनुहोस्