OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ५, २०७७सुर्खेत
८४४ पटक

 ५ साउन २०७७, सोमबार

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी मानव जीवनका लागि कृषि अन्तिम विकल्प भएको बताउनुभएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा कृषि विकास निर्देशनालयअन्तरगत आव.०७६÷०७७ मा निर्माण सम्पन्न भएका योजनाहरुको प्रभावकारिता अनुगमन गर्न आज बीरेन्द्रनगर नगरपालिकाको ३ र १० वडामा पुग्नुभएका मन्त्री केसीले मानव जीवनका निम्ति कृषि अपरिहार्य रहेको बताउनुभयो । किसानहरुलाई सुझाउँदै उहाँले भन्नुभयो, “तपाई हामीले खेती गरेको आर्जनबाट घर बनाएकालाई सम्मान गरौं । श्रमविना भ्रष्टाचार एवं अनियमितता गरेर महल ठड्याउनेलाई सबैले ईन्कार गरौं, जसबाट समाजमा नयाँ संस्कारको बिजारोपण हुन्छ ।

उत्पादनशील जमीनमा तरकारी लगाएर आफूसहित कर्णालीलाई आत्मनिर्भर बनाउन कृषकहरुलाई उहाँले आग्रह गर्नुभयो । बीरेन्द्रनगर नगरपालिकाको १० सुर्खेत बामेखोला ग्रामीण कृषि सडक उपभोक्ता समितिका अध्यक्ष लक्ष्मी विकले महिला र त्यसमा दलित महिलाले पनि अवसर पाए सजिलै काम गर्न सक्दा रहेछन् भन्ने राम्रो उदाहरण देखाएको भन्दै उहाँको कामप्रति मन्त्री केसीले उच्च प्रंशसा गर्नुभयो ।

उक्त उपभोक्ता समितिका अध्यक्ष विकले सरकारले गरेको सहयोगले गरिब किसानहरुको पहुँच बजारसँग जोडिएको बताउनुभयो । “कृषि विकास निर्देशनालयले गत आवमा गरेको रु.१७ लाख सहयोगले कलभर्ट र तीन सयमिटर सडक निर्माण भएको छ । अब त्यसमा ग्राभेलका लागि सरकारले थप सहयोग गरे उत्पादित तरकारी जतिबेला पनि बेच्न बजार लिन सकिन्छ,” उहाँले भन्नुभयो ।

मन्त्रालय सचिव डा.गोविन्द्रप्रसाद शर्माले असारको अन्तमा आएर काम गर्ने शैली चालु आवका योजनाहरु नहुने र समयमै काम सम्पन्न हुने गरी कार्य अघि बढाईने बताउनुभया । कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले कल्भर्ट र सडक निर्माणले करिब दुई सय घर परिवार लाभाविन्त भएको जनाउनुभयो । सम्पन्न योजनाको प्रभावकारिता अनुगमनले किसानहरुको दीर्घकालीन विकासमा सहयोग पुग्ने देखिएको उहाँको भनाई थियो ।

ब्राईट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेतका प्रबन्ध निर्देशक पुष्कर खड्काले पाँच बीरेन्द्रनगर नगरपालिका ३ तातोपानीस्थित पाँच बिगाह जमीनमा रु.२५ लाखमा निर्मित एकीकृत अर्गानिक कृषि मोडल फार्म प्रदर्शनी तथा अनफार्म अनुसन्धान प्लट स्थापनाले कर्णालीको कृषि तथा कृषि प्राविधिक जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताउनुभयो ।

रु.१२ लाख कृषि मन्त्रालय तथा रु.१३ लाख क्याम्पस आफैले लगानी गरेको यो फार्मलाई कर्णालीकै नमूना बनाउने योजना रहेको उहाँको भनाई थियो । कर्णालीमै एक मात्र रहेको कृषि तथा वन विज्ञान क्याम्पसको प्रवद्र्धनका लागि सरकारलाई विशेष सहयोग गर्न प्रबन्ध निर्देशक खड्काले अनुराध गर्नुभयो । उक्त अनुगमनमा कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्का, कृषि तथा पशुपक्षी तालिम केन्द्र कर्णाली प्रदेशका प्रमुख पूर्णलाल सापकोटा, पत्रकार सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्