OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ५, २०७७ सुर्खेत
३३० पटक

५ साउन २०७७, सोमबार

कर्णाली प्रदेश सरकारले प्रदेशमा समायोजन भइ आएका कर्मचारीहरुको वैयत्तिक विवरण अद्यावधिक गर्न पहल अघि बढाएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्ष्तामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश समायोजन भइ आएका कर्मचारीहरुको वैयत्तिक विवरण अद्यावधिकको लागि सो विवरण उपलब्ध गराइदिन नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेशका कर्मचारीहरुको वैयत्तिक विवरण अध्यावधिक गर्नका निम्ति मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाइ नियन्त्रित पहुँच उपलब्ध गराउनसमेत अनुरोध गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिनुभयो ।

त्यस्तै, मन्त्रालयहरुबाट मन्त्रिपरिषद्मा पेश हुने कानुनी विषय जोडिएका दस्तावेजहरुलाइ कानुनी रुपले परिपक्क बनाउने सम्बन्धमा मन्त्रालयहरुले मन्त्रिपरिषदमा पेश हुने कानुनी दस्तावेज र प्रस्ताव (कानुनी विषय जोडिएका) तयार गर्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानून सचिवलाइ समेत अनिवार्य रुपमा सहभागी गराउने निर्णय भएको प्रवक्ता केसीले बताउनुभयो ।

उहाँका अनुसार मन्त्रिपरिषद्को उक्त बैठकले कर्णाली प्रदेश विशेष अनुदान सम्बन्धी कार्यविधि, २०७५ को तेस्रो सशोधन स्विकृत गर्ने, कर्णाली प्रदेश आन्तरिक लेखापरीक्षण निर्देशिका, २०७७ र कर्णाली प्रदेश जिन्सी मालसामान लिलाम बिक्रि निर्देशिका, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्