OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही साउन ४, २०७७जुम्ला,
१२९७ पटक

खलङ्गा साउन ४ गते । पर्यटन व्यवसायमा गो कर्णालीले हरेक बर्ष प्रगति गर्दै आईरहेको छ । गो कर्णाली ट्राभल एण्ड टुरले पछिल्लो समयमा साउनको महिनामा अपसिजनको समयमा पनि तिला नदिमा व्यवसायिक रुपमा ¥यापटिङ संचालनमा ल्याएको हो ।

साहसिक मानिएको उक्त ¥यापटिङ डुंगा संचालन तिला नदिको चन्दननाथ नगरपालिकाको दानसाँघु देखी तातोपानी गाउँपालिकाको राकाँ सम्मसम्म हुनेछ । गो कर्णालीका संचालक ललितजंग महतका अनुसार साउन महिनामा यो ¥यापटिङ निकै प्रभावकारी भएको छ । तिला नदि भौगोलिक रुपमा निकै उत्तम भएको र पानिको फलो पनि ठिक भएको छ । शुरुमा ४,५ पटक परीक्षण संचालन गरियो । त्यसपछि व्यवसायिक रुपमा अगाडि बढाईएको छ । यस व्यवसायलाई कर्णाली प्रदेश सरकारले समेत सहयोग तथा समन्वय गरेको उहाँले जानकारी दिनुभयो ।

¥यापटिङ परीक्षण संचालनमा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की सहितका सरोकारवाला व्यक्तिहरु समेत सहभागि हुनुभएको थियो । पछिल्लो समयमा भने व्यवसायीक रुपमा अगाडि बढ्न थालेको छ ।
साहसिक ढुंगा संचालनको मुख्य चालकको जिम्मेवारी भने जुम्लाकै बिर्ख दमाई र अमृत दमाईले लिनुभएको छ । बिर्खले २५ बर्ष बढि भारतमा ढुंगा चलाएर पेशा गरिरहनु भएको थियो । अहिले उहाँलाई यही रोजगार दिईएको गो कर्णालीले जनाएको छ ।
तातोपानी नुहाउने देखी मार्सि भात र असला माछाको खान्की :
सो साहासिक यात्रा गर्ने पर्यटकहरुका लागि रैथाने खाना र नास्ताको व्यवस्था समेत गरिएको संचालक महतले थप्नुभयो । उहाँका अनुसार दानसाँघु देखी तातोपानी सम्म गएर प्राकृतिक तातोपानीले नुहाउन पाईनेछ । यो सँगै मार्सी चामलको भात, तिलामा पाउने असला माछा समेत मुख्य खान्की हुनेछ । यदि कोरोना सहज मात्रै हुनेहो भने यो व्यवसायले पर्यटकहरु निकै तान्ने देखिन्छ । यसका साथै ढुंगाचढ्दा तिलाको वरवर सुसाईरहेको मार्सी धान सहित नजिकैका स्याउका बगैचा पनि पर्यटकका लागि हेर्ने दृश्य हुनेछन् ।
पर्यटन व्यवसायमा अग्रणी भूमिका :
कर्णालीमा आउने पर्यटकका लागि व्यवसायीक रुपमा गो कर्णाली ट्राभल एण्ड टुर प्रालिले गति लिईरहेको छ । शुरुमा जुम्लामा स्नोल्याण्ड होटल सँगै पर्यटन व्यवसाय शुरु गरेको सो प्रालिले कर्णालीमा नेपालगंज सुर्खेतबाट आउने गो कर्णाली नामक सानो गाडि संचालनमा ल्याएको थियो । सो सानो गाडिको यात्राले निकै सहज तथा एक दिनमै नेपालगंज देखी यात्रुहरु जुम्ला आउने गरेका थिए । अहिले जिल्ला भर दर्जनौ साना गाडि संचालन छन् । यसैगरी गो कर्णालीले कर्णालीमा आउने पर्यटकका लागि हवाई उडानको जिम्मा पनि लिईएको थियो । जुन सेवा अहिले कर्णालीको राजधानी सुर्खेतमा समेत छ । अहिले शुरुवात गरिएको ¥याप्टिङ व्यवसाय पनि गर्मियाममा कर्णालीमा र चिसोमा भेरी नदिमा संचालन गरिने योजना रहेको संचालक महतले बताउनुभएको छ । उहाँका अनुसार स्थानीय सरकार सँग समन्वय भएमा सिञ्जा क्षेत्रको हिमानदि, पातारासी र गुठिचौरमा समेत संचालन गरिने योजना छ ।

यसैगरी १६ किलोमिटरको यात्राको लागि प्रति व्यक्ति रु दुई हजार शुल्क निर्धारण गरिएको छ । पहिलो सो क्षेत्र निकै सजिलो बाटो छ । दोस्रो यात्रामा सुरक्षाका सवै सामग्रीहरु भएकाले ढुक्क भएर चढ्नुपर्ने ंसंचालकले जानकारी दिएका छन् । अहिले शुरुवाती चरणमा सो व्यवस्याका लागि रु २४ लाख बजेट खर्चिएको संचालक महतले जानकारी दिनुभयो । आज भोली ¥यापटिङ सयर गर्नेको अडर समेत बढ्न थालिसकेको छ ।

प्रतिकृया दिनुहोस्