OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ४, २०७७सुर्खेत
३८५ पटक

४ साउन २०७७, आईतबार

पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना संक्रमितको संख्यामा वृद्धि आएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा अनुसार १७ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

कोरोनाबाट निको भएर घर फर्कने संख्या भने दिनप्रतिदिन बढिरहँदा संक्रमण दर भने घट्दो अवस्थामा छ । सामाजिक विकास मन्त्रालयको हिजोसम्मको तथ्याङ्कलाई हेर्दा चौरजहारी अस्पतालमा गरिएको आरटी पिसिआर परीक्षणबाट चार जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । यो संख्या कर्णालीमा अहिलेसम्मकै न्यून हो ।

साउन ३ गतेसम्म १७ जना संक्रमित निको भएसँगै कर्णालीमा कोरोना भाइरस जितेर घर फर्कनेको संख्या एक हजार ५१० पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । “कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक हजार ७३७ पुगेको छ,” महाशाखा प्रमुख डा.तिवारीले भन्नुभयो, “जसमा कुल संक्रमित संख्याको ८७ प्रतिशत निको भएर घर फर्किसकेका छन् ।”

उहाँले संक्रमितहरुमा निको हुनेको संख्या २१३ जना मात्र बाँकी रहेको बताउनुभयो । जसमा प्रदेश अस्पताल सुर्खेतसहित यहाँका विभिन्न आइसोलेसन केन्द्रमा १२६, दैलेखमा ३५, सल्यान १६, रुकुमपश्चिममा १२, कालीकोटमा ११, जुम्लामा छ, जाजरकोटमा पाँच, मुगु र डोल्पामा एक÷एक जना छन् भने हुम्ला संक्रमितविहिन् रहेको प्रमुख डा.तिवारीले जनाउनुभयो । संक्रमण पुष्टि भएका सबै व्यक्तिहरुको अवस्था सामान्य रहेको उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्